नेभिगेशन
सबै कुरा

शालिन पोखरेल मृत्यु प्रकरण : प्रिन्सिपलसहित ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

काठमाडाैँ । शालिन पोखरेल मृत्यु प्रकरणमा ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ । शालिन पढ्ने शिशु निकेतन स्कुलका प्रिन्सिपलसहित ३ जनाविरुद्ध मुद्दा दर्ता भएको जिल्ला सरकारी वकिलको कार्यालय चितवनले जनाएको छ । 

विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टलका वार्डेन कमल पौडेलविरुद्ध जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत चितवनमा आत्महत्या दुरुत्साहमा मुद्दा दर्ता गरेको हो।

City Express

गत फागुन १२ मा चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । उक्त घटनामा बालिकाको बलात्कारपछि हत्या भएको भन्दै मृतकका परिवारले प्रधानाध्यापकसहित ३ जना विरुद्ध किटानी जाहेरी दिएका थिए । तर पोस्टमार्टम रिपोर्टमा उनको हत्या नभएर आत्महत्या देखिएको थियो । ज्यान सम्बन्धी कसुरमा जाहेरी दिएपनि सो कसुरमा प्रमाण नजुटेपछि मुद्दा परिवर्तन गरिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

विराटनगरबाट धनगढी गइरहेको सुप्र०१–००१ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश२–०१–००१ह १२३० नम्बरको अटोरिक्सालाई शनिबार साँझ ठक्कर दिएको थियो ।