नेभिगेशन
सबै कुरा

प्रेम प्रस्ताव अस्वीकार गर्दा हत्या, मृतकको फेसबुकमा हत्याराले नै गरेका थिए बेहुली भएको फेक फोटो पोस्ट

काठमाडौँ । गत फागुन २४ गते काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ तारेभिर स्थित शिवपुरी जंगलमा शरीरको भाग पुरिएको र २ ओटा हात मात्र देखिएको शव फेला पर्यो । शव फेला परेको सूचना पाउने वित्तिकै नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष टोली परिचालन गरेको थियो । घटनाको अनुसन्धानपछि जुन बाहिर आयो त्यो काल्पनिक चलचित्रको कहानी भन्दा अझ भयानक छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ की १८ वर्षीया सुष्मा लामा माघ २२ गते घरबाट कलेज जानका लागि निस्केकी थिइन् । तर उनी बेलुकी घर फर्किनन् । परिवारले सो दिन उनलाई सम्पर्क गर्ने धेरै प्रयास गरे । संभावित सबै ठाउँमा खोजे, बुझे तर केही पत्तो लागेन । 

Ncell
Extreme Energy

भोलिपल्ट अर्थात माघ २३ गते सुष्माले चलाउने सुष्मा मंगोलियन नाम गरेको फेसबुक अकाण्टमा एउटा पोस्ट आयो । जहाँ बेहुला बेहुलीको फोटो अपलोड गरेर क्याप्सन लेखिएको थियो, ‘सरी सबैजनालाई, तीन दिनमा म आउँछु’ । उक्त पोष्टमा बेहुलाको फोटोमा इमोजी राखिएको हुन्छ भने सुष्मालाई बेहुलीको बस्त्रमा देखिन्छ । 

परिवारले माघ २५ गते सुष्मा हराएको भन्दै प्रहरी बृत्त बौद्धमा खोजतलासको लागि निवेदन दिन्छन् । परिवारले निवेदन दिएको भोलिपल्ट सुष्माको दिदि नाता पर्ने बिन्दा तामाङलाई सुष्माको नम्बरबाट म्यासेज आउँछ । जहाँ लेखिएको हुन्छ, ‘किन के को पुलिस रिपोर्ट गरेको ? म तीन दिनमा आउँछु भन्दा भन्दै कस्तो मान्छेहरु रैछ । अब आउँछु भन्ठानिराहोला । अब मलाई बच्चा पनि भइसक्यो होला । हामीलाई जेलमा हालेर के पाउँछ ? अब टाढा गएर बस्ने हो कसैले के को पनि चिन्ता लिनु पर्दैन हाम्रो ।’

परिवार सुष्माले बिहे नै गरेको निष्कर्षमा पुग्छन् । उजुरी पछिको म्यासेजमा अब टाढा गएर बस्ने र कसैले चिन्ता लिुपर्दैन भनिएको थियो । तर परिवार सुष्मा फर्कनेमा आशावादी थिए । एक महिना बित्छ । सुष्माको कुनै खबर आउँदैन । 

फागुन २४ गते शिवपुरीको जंगलमा शव भेटिएको प्रहरीले सूचना पाउँछ । अनुसन्धानको क्रममा उक्त शव सुष्माकै भएको खुल्छ । बिहे गरेँ भनेकी सुष्माको शव भेटिएपछि परिवार असह्य पीडामा डुब्छ । बिहे गरेँ भन्ने खबर पठाएकोे सुष्माको गाडिएको अवस्थामा शव भेटिनुले घटना सामान्य नभएको निचोडमा प्रहरी पुग्छ । प्रहरीको अनुसन्धानपछि एउटा डरलाग्दो अपराध बाहिर आउँछ ।

यस्तो छ प्रहरी अनुसन्धानबाट खुलेको डरलाग्दो तथ्य

मृतक सुष्मा लामालाई रुपेन्द्र लामा ना गरेका सुष्माकै गाउँका २१ वर्षीय युवकले विगत ८ महिनादेखि मन पराउँदै आएका थिए । प्रहरीका अनुसार उनीहरु विगत १÷२ वर्षदेखि सँगै घाँस काट्न, बाख्रा चराउन जाने गर्थे । तर उनीहरुको फोन वा म्यासेजमा भने कुरा हुँदैनथ्यो । भेटका क्रममा मात्र उनीहरुबिच बोलचाल हुन्थ्यो । रुपेन्द्रले सुष्मालाई पटक पटक प्रेम प्रस्ताव समेत राखेका थिए । तर सुष्माले अस्वीकार गरेकी थिइन् । २२ गते पनि सुष्मा कलेज हिँडेको समयमा रुपेन्द्रले प्रेम प्रस्ताव राखेका थिए । तर सुष्माले पहिले जस्तै अस्वीकार गरिन् । त्यसपछि रुपेन्द्रले घाँटी थिचेर अचेत बनाएको बयान दिएका छन् । रुपेन्द्रले सुष्माले लगाएको टाई र जुत्ताको तनाले घाँटी कसेको र पेटीले हात बाँधेर खाल्डोमा पुरेको बयान प्रहरीसमक्ष दिएका छन् । प्रहरीका अनुसार रुपेन्द्रले ४ दिनअघि खाल्डो खनेका थिए । उनले ८ दिनदेखि सुष्मालाई बाटोमा ढुकेको समेत बयानका क्रममा बताएका छन् । 

सुष्मालाई खाल्डोमा पुरेपछि उनको फोन र किताब समेत रुपेन्द्रले नै लगेका थिए । त्यसपछि उनले भोलिपल्ट गुगलबाट बेहुला बेहुलीको फोटो तानेर त्यसमा सुष्माको टाउको जोडेर बेहुलाको अनुहारका इमोजी राखी सुष्माकै फेसबुकमा अपलोड गरिदिएका थिए । त्यसपछि परिवारले खोजीको लागि उजुरी दिएको कुरा थाहा पाएपछि रुपेन्द्रले नै दिदि बिन्दालाई म्यासेज गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले रुपेन्द्रको कोठाबाट सुष्माको मोबाइल फोन, उनको कापी किताब र खाल्डो खन्न प्रयोग गरेको कुटो समेत बरामद गरेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
एन्फा भ्रष्टाचारमा चुर्लुम्म ! फउल गर्ने पदाधिकारीलाई होला जेल ?

एन्फा भ्रष्टाचारमा चुर्लुम्म ! फउल गर्ने पदाधिकारीलाई होला जेल ?

पछिल्ला २ दशक नेपाली फुटबलले पटक पटक संकट भोग्दै आइरहेको छ । एन्फाका पदाधिकारीले सुशासनको नियम उल्लंघन गर्दै कमाउ धन्दामा लाग्दा पटक पटक निलम्बित हुनु परेको छ ।...