नेभिगेशन
सबै कुरा

सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

काठमाडौँ । सुन तस्करी प्रकरणमा माओवादी वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । कपिलवस्तुबाट पक्राउ परेका उनलाई काठमाडौँ ल्याउने तयारी भएको प्रहरीले जनाएको छ । 

प्रहरी महानिरिक्षक बसन्त कुँवरका अनुसार उनलाई सुन तस्करी सम्बन्धी अनुसन्धान गर्न पक्राउ गरिएको हो । सुन तस्करी सम्बन्धी उच्चस्तरीय आयोगको प्रतिवेदनले तस्करीमा महराको संलग्नता रहेको ठहर गरेको थियो । 

आइतबार गृहमन्त्री रवि लामिछानेले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीलाई आयोगको प्रतिवेदन अनुसार कारबही अघि बढाउन निर्देशन दिएका थिए । 
उनी भेप मार्फत भएकाे सुन तस्करीमा संलग्न रहेकाे आयाेगले ठहर गरेकाे  थियाे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

विराटनगरबाट धनगढी गइरहेको सुप्र०१–००१ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश२–०१–००१ह १२३० नम्बरको अटोरिक्सालाई शनिबार साँझ ठक्कर दिएको थियो ।