नेभिगेशन
सबै कुरा

महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक आचार्य बर्खास्त

काठमाडाैँ । नेपाल राष्ट्र बैंककी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा बैंकका कार्यकारी निर्देशक थानेश्वर आचार्यलाई सेवाबाट बर्खास्त गरिएको छ । 

गत पुस २७ गते बैंकले नगरकोटमा आयोजना गरेको एक कार्यक्रमपश्चात रात्रिभोजको समयमा निर्देशक आचार्यले आफूलाई पछाडिबाट अंगालो हालेर यौन  दुर्व्यवहार गरेको ति महिला कर्मचारीले आरोप लगाएका थिइन् ।

City Express

ठूलो संख्यामा सहकर्मीहरु भएको समयमा आफूमाथि  दुर्व्यवहार हुँदासमेत उनीहरुले उल्टै आफूलाई दोष देखाएको र निर्देशक आचार्यको बचाउमा उत्रिएको भन्दै ति महिला कर्मचारीले आचार्यविरुद्ध गर्भनर महाप्रसाद अधिकारीसमक्ष लिखित उजुरी दिएकी थिइन् । उनले घटनामाथि छानबिन र दोषीमाथि कारबाही हुनुपर्ने माग गरेकी थिइन् । 

उनको उजुरीपश्चात छानबिन हुँदा आचार्य ति महिला कर्मचारीमाथि  दुर्व्यवहार भएको खुलेसँगै मंगलबारबाट उनलाई सेवाबाट बर्खास्त गरिएको हो । 

उनलाई राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन, २०७४ समेत मिलाइएको रूपमा) को विनियम १४५ को खण्ड (ख) को (१) बमोजिम भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

विराटनगरबाट धनगढी गइरहेको सुप्र०१–००१ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश२–०१–००१ह १२३० नम्बरको अटोरिक्सालाई शनिबार साँझ ठक्कर दिएको थियो ।