नेभिगेशन
सबै कुरा

वधशालामा साथीको हत्या गरी फरार तेजबहादुर २१ वर्षपछि पक्राउ

काठमाडौँ । आफ्नै साथीको हत्या गरि फरार रहेका एक जनालाई प्रहरीले २१ बर्षपछि पक्राउ गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै २०५९ साल असोज १४ गते संजय शाहीलाई हत्या गरि फरार रहेका सोलुखुम्वु घर भएका तिखे भन्ने तेज बहादुर राईलाई पक्राउ गरि सार्वजनिक गरेको हो । काठमाडौंको मरुढोका ईनाटोलस्थित बिनोद शाहीको राँगा काट्ने बधशाला भित्र शाहीको हत्या भएको थियो । फलामको रडले टाउको लगायत शरिरका विभिन्न भागमा प्रहार गरी हत्या पश्चात विष्णुमती खोला किनारमा फाली फरार रहेका राइलाई चैत्र ५ गते काठमाडौंको कोटेश्वरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी सुरक्षा केसीले जानकारी दिए । 

Ncell
Extreme Energy

त्यस्तै प्रहरीले मिनभवन कलेजका प्राध्यापक धर्मराज विष्टको हत्याका योजनाकार सविता थापा अधिकारीलाई १६ बर्षपछि पक्राउ गरेको छ । प्राध्यापक विष्टले जिस्काउने गरेको भन्दै सविताका भाइ विनोद थापासहितको समूहले विष्टलाई निर्घात कुटपिट गरी घाइते बनाएको अवस्थामा २०६४ असार २६ गते ललितपुरको शंखमुलमा फेला परेको र उपचारका क्रममा मृत्यु भएको डिएसपी सुरक्षा केसीले बताए । घटना सबिता थापा (अधिकारी) भन्ने सोभिता थापाको योजनामा भएको उनले जानकारी दिए । उक्त घटनामा विनोद १० वर्ष जेल बसेर गत वर्ष मात्र छुटेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...