नेभिगेशन
सबै कुरा

वधशालामा साथीको हत्या गरी फरार तेजबहादुर २१ वर्षपछि पक्राउ

काठमाडौँ । आफ्नै साथीको हत्या गरि फरार रहेका एक जनालाई प्रहरीले २१ बर्षपछि पक्राउ गरेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै २०५९ साल असोज १४ गते संजय शाहीलाई हत्या गरि फरार रहेका सोलुखुम्वु घर भएका तिखे भन्ने तेज बहादुर राईलाई पक्राउ गरि सार्वजनिक गरेको हो । काठमाडौंको मरुढोका ईनाटोलस्थित बिनोद शाहीको राँगा काट्ने बधशाला भित्र शाहीको हत्या भएको थियो । फलामको रडले टाउको लगायत शरिरका विभिन्न भागमा प्रहार गरी हत्या पश्चात विष्णुमती खोला किनारमा फाली फरार रहेका राइलाई चैत्र ५ गते काठमाडौंको कोटेश्वरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी सुरक्षा केसीले जानकारी दिए । 

City Express

त्यस्तै प्रहरीले मिनभवन कलेजका प्राध्यापक धर्मराज विष्टको हत्याका योजनाकार सविता थापा अधिकारीलाई १६ बर्षपछि पक्राउ गरेको छ । प्राध्यापक विष्टले जिस्काउने गरेको भन्दै सविताका भाइ विनोद थापासहितको समूहले विष्टलाई निर्घात कुटपिट गरी घाइते बनाएको अवस्थामा २०६४ असार २६ गते ललितपुरको शंखमुलमा फेला परेको र उपचारका क्रममा मृत्यु भएको डिएसपी सुरक्षा केसीले बताए । घटना सबिता थापा (अधिकारी) भन्ने सोभिता थापाको योजनामा भएको उनले जानकारी दिए । उक्त घटनामा विनोद १० वर्ष जेल बसेर गत वर्ष मात्र छुटेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

विराटनगरबाट धनगढी गइरहेको सुप्र०१–००१ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश२–०१–००१ह १२३० नम्बरको अटोरिक्सालाई शनिबार साँझ ठक्कर दिएको थियो ।