नेभिगेशन
सबै कुरा

बाँसबारी जग्गा प्रकरणमा वसन्त चौधरीको बयान लिइयाे, बिनोद चौधरीको लिइँदै

काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको जग्गा प्रकरणमा सीआईबीले वसन्त चौधरीको बयान लिएको छ । सीआईबी स्रोतका अनुसार वसन्त चौधरीसँग मंगलबार साँझ बयान लिइएको हो । चौधरीलाई सीआईबीले कागज गाराएर छोडेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै सआिईबीले बिनोद चौधरीमाथि पनि अनुसन्धान भईरहेको सभामुखलाई जानकारी गराएको छ । सीआईबीले सभामुखलाई पठाएको पत्रमा  च्याम्पियन फुटवेयर लि। का संस्थापक शेयर धनी तथा तत्कालीन सञ्चालक समितिका सदस्य संघिय संसदका माननीय सदस्य श्री विनोद कुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भइरहेको ब्यहोरा उल्लेख छ । 

Ncell
Extreme Energy

सीआईबीले बिनोध चौधरीलाई पनि बयानका लागि बोलाउने तयारी गरेको छ । सीआईबी स्रोतले भन्छ, ‘सभामुखलाई पत्र पठाउनुको अर्थ जुनसुकै बेला बयान तथा पक्राउ समेत पर्न सक्छन् भनेर जानकारी गराउनु हो ।’ 

सीआईबीले यसअघि अरुण चौधरी लगायतलाई पक्राउ गरेको थियो । अदालतले बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएपछि उनीहरु छुटेका थिए । तत्कालिन समयमा विनोदकुमार चौधरी, वसन्त चौधरी, अरुणकुमार चौधरी र महेशकुमार अग्रवालको च्याम्पियन फुटवेयर लिमिटेडमा समान सेयर भएको देखिएको सीआईबीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...