नेभिगेशन
सबै कुरा

बाँसबारी जग्गा प्रकरणमा वसन्त चौधरीको बयान लिइयाे, बिनोद चौधरीको लिइँदै

काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको जग्गा प्रकरणमा सीआईबीले वसन्त चौधरीको बयान लिएको छ । सीआईबी स्रोतका अनुसार वसन्त चौधरीसँग मंगलबार साँझ बयान लिइएको हो । चौधरीलाई सीआईबीले कागज गाराएर छोडेको छ । 

त्यस्तै सआिईबीले बिनोद चौधरीमाथि पनि अनुसन्धान भईरहेको सभामुखलाई जानकारी गराएको छ । सीआईबीले सभामुखलाई पठाएको पत्रमा  च्याम्पियन फुटवेयर लि। का संस्थापक शेयर धनी तथा तत्कालीन सञ्चालक समितिका सदस्य संघिय संसदका माननीय सदस्य श्री विनोद कुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भइरहेको ब्यहोरा उल्लेख छ । 

City Express

सीआईबीले बिनोध चौधरीलाई पनि बयानका लागि बोलाउने तयारी गरेको छ । सीआईबी स्रोतले भन्छ, ‘सभामुखलाई पत्र पठाउनुको अर्थ जुनसुकै बेला बयान तथा पक्राउ समेत पर्न सक्छन् भनेर जानकारी गराउनु हो ।’ 

सीआईबीले यसअघि अरुण चौधरी लगायतलाई पक्राउ गरेको थियो । अदालतले बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएपछि उनीहरु छुटेका थिए । तत्कालिन समयमा विनोदकुमार चौधरी, वसन्त चौधरी, अरुणकुमार चौधरी र महेशकुमार अग्रवालको च्याम्पियन फुटवेयर लिमिटेडमा समान सेयर भएको देखिएको सीआईबीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

विराटनगरबाट धनगढी गइरहेको सुप्र०१–००१ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश२–०१–००१ह १२३० नम्बरको अटोरिक्सालाई शनिबार साँझ ठक्कर दिएको थियो ।