नेभिगेशन
सबै कुरा

बाँसबारी सरकारी जग्गा प्रकरण : सांसद विनोद चौधरीसँग लिइयो बयान

काठमाडाैँ । बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा प्रकरणमा सांसद विनोद चौधरीले बयान दिएका छन् । सरकारी वकिलको कार्यालयमा उपस्थित भएर चौधरीले उक्त प्रकरणबारे केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) लाई आफ्नो बयान दिएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बयान दिएर निस्किने क्रममा सांसद चौधरीले आफूलाई बयान दिनका लागि मौखिक जानकारी भएकै भरमा आफू एक जिम्मेवार राजनीतिकर्मीको हिसाबले सहयोग गर्न वकिलको कार्यालय पुगेको बताए ।

Ncell
Extreme Energy

त्यस्तै उनले ४२ वर्षअगाडिको अनकन्टार ठाउँको कौडीको पनि भाउमा नबिक्ने जग्गालाई उत्कृष्ट स्वरुपका रुपमा खडा गरिएको नविनतम सोचलाई राजनीतिकरण गरिएको आरोप लगाएका छन् । ‘४२ वर्षअगाडि बाँसवारीको अनकन्टार ठाउँको कौडीको भाउमा पनि नबिक्ने जग्गालाई आधार बनाइ त्यो बेलामा पब्लिक–प्राइभेट पार्टनरसीपको उत्कृष्ट स्वरुपका रुपमा खडा गरिएको नविनतम सोचलाई राजनीतिकरण गरियो, यो अत्यन्त दुखलाग्दो छ ।’, चौधरीले भने । 

त्यस्तै आफूले गरेको उद्यम क्षेत्रमा राजनीतिकरण गर्ने र फगत स्टन्टबाजी देखाउनेहरुलाई आफूले चरित्रको सर्टिफिकेट बुझाइरहन नपर्ने बताएका छन् । ‘४५ वर्षको यात्रापछि मैले आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन । त्यो पनि खास गरिकन स्टन्ट गर्नेहरुलाई ’, चौधरीले भने ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...