नेभिगेशन
सबै कुरा

बाँसबारी सरकारी जग्गा प्रकरण : सांसद विनोद चौधरीसँग लिइयो बयान

काठमाडाैँ । बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा प्रकरणमा सांसद विनोद चौधरीले बयान दिएका छन् । सरकारी वकिलको कार्यालयमा उपस्थित भएर चौधरीले उक्त प्रकरणबारे केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) लाई आफ्नो बयान दिएका हुन् ।

बयान दिएर निस्किने क्रममा सांसद चौधरीले आफूलाई बयान दिनका लागि मौखिक जानकारी भएकै भरमा आफू एक जिम्मेवार राजनीतिकर्मीको हिसाबले सहयोग गर्न वकिलको कार्यालय पुगेको बताए ।

City Express

त्यस्तै उनले ४२ वर्षअगाडिको अनकन्टार ठाउँको कौडीको पनि भाउमा नबिक्ने जग्गालाई उत्कृष्ट स्वरुपका रुपमा खडा गरिएको नविनतम सोचलाई राजनीतिकरण गरिएको आरोप लगाएका छन् । ‘४२ वर्षअगाडि बाँसवारीको अनकन्टार ठाउँको कौडीको भाउमा पनि नबिक्ने जग्गालाई आधार बनाइ त्यो बेलामा पब्लिक–प्राइभेट पार्टनरसीपको उत्कृष्ट स्वरुपका रुपमा खडा गरिएको नविनतम सोचलाई राजनीतिकरण गरियो, यो अत्यन्त दुखलाग्दो छ ।’, चौधरीले भने । 

त्यस्तै आफूले गरेको उद्यम क्षेत्रमा राजनीतिकरण गर्ने र फगत स्टन्टबाजी देखाउनेहरुलाई आफूले चरित्रको सर्टिफिकेट बुझाइरहन नपर्ने बताएका छन् । ‘४५ वर्षको यात्रापछि मैले आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन । त्यो पनि खास गरिकन स्टन्ट गर्नेहरुलाई ’, चौधरीले भने ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

विराटनगरबाट धनगढी गइरहेको सुप्र०१–००१ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश२–०१–००१ह १२३० नम्बरको अटोरिक्सालाई शनिबार साँझ ठक्कर दिएको थियो ।