नेभिगेशन
सबै कुरा

सुन तस्करी प्रकरणमा पक्राउ परेका कृष्ण महरा हाजिर जमानीमा रिहा

काठमाडाैँ । भेपमा भएको सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई हाजिर जमानीमा छाेडिएकाे छ। सरकारी वकिल कार्यालय काठमाडौँको सहमतिमा सीआईबीले उनलाई हाजिर जमानीमा छोडेको हो ।  विभिन्न रोगको औषधी सेवन गरिरहेका कारण उनलाई छाेडिएकाे जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विद्युतिय चुरोट भेपमा भएको ९ किलो सुन तस्करी प्रकरणमा गत सोमबार कपिलवस्तुबाट पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौँले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । 

Ncell
Extreme Energy

त्यस्तै अदालतले महराको स्वास्थ्य अवस्थालाई कारण देखाउँदै अस्पताल भर्ना गर्न आदेश दिएको थियो । पक्राउ परेपनि अस्पतालमा राखिएका उनलाई शुक्रबार सीआईबी र सरकारी वकिलको कार्यालयले बयान लिएपछि छाेडिएकाे हाे। 

भेपमा लुकाएर तस्करी गरिएको सुन प्रकरणमा महराको संलग्नता देखिएको यसअघिको सीआईबीको प्रतिवेदनमा उल्लेख थियो । त्यस्तै सुन प्रकरणमा छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले पनि उनलाई कारबाही गर्न सिफारिस गरेको थियो । आयोगको प्रतिवेदनपछि  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संलग्न सबैलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका थिए ।

२०७९ पुस १० गते फ्लाई दुबईबाट चिनियाँ नागरिक ली हानसङले सुन भरेर ल्याएका ७ सय ३० वटा विद्युतीय चुरोट भेप भन्सारले जफत गरेको थियो । सोही प्रकरणमा ली हानसङ कृष्णबहादुर महरासँग ११ पटकसम्म फोन सम्पर्क भएको देखिएको थियो । 

सोही प्रकरणमा पक्राउ परेका महराका छोरा राहुल महरा अहिले पुर्पक्षमा थुनामा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...