नेभिगेशन
सबै कुरा

माधव नेपाललाई खोकी लाग्दा प्रचण्ड डराउँछन् : महामन्त्री थापा

पश्चिम नवलपरासी : नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले माधव नेपाललाई खोकी लाग्दा प्रचण्ड डराउने बताएका छन् । बुधबार पश्चिम नवलपरासीको गोपिगञ्जमा समुदायमा काँग्रेस अभियान कार्यक्रममा बोल्दै महामन्त्री थापाले हालको सरकारको आयु माधव नेपालको हातमा रहेको बताउँदै उक्त अभिव्यक्ति दिएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले हालको सत्ता गठबन्धन र सरकारको आयु धेरै नभएको जिकिर गरेका छन् । हाल सरकारको आयु माधव नेपालको हातमा रहेको र उनले आफ्नो मत बदल्दाको दिन सरकार परिवर्तन हुने बताउँदै उनले भने, ‘माधव नेपाललाई खोकी लाग्दा प्रचण्ड डराउँछन् ।’

CG

त्यस्तै उनले आफूहरुभित्रै खोट हुँदा संघीयता विरुद्धका आवाज बलियो भएको बताएका छन। कार्यक्रममा बोल्दै महामन्त्री थापाले नेता र नेतृत्वनै खराब हुँदा व्यवस्थामाथि प्रश्न उठेको बताएका हुन् । ‘व्यवस्थाको दुरुपयोग गर्दै हामी  र हामीजस्तै नेताले आफ्ना मान्छे भर्ती गर्दा निर्वाचन प्रणाली महंगो भएको र व्यवस्था विरोधी स्वर बढ्न थालेको हो ।’, उनले भने । 

महामन्त्री थापाले विश्वमा भएका व्यवस्थाहरुमध्ये नेपालको व्यवस्था अब्बल भएको तर त्यस व्यवस्थामाथि आन्तरिक प्रहार भएको बताए । ‘विश्वमा भएका व्यवस्थाहरुमध्ये अब्बल मानिएको व्यवस्था नेपालले अंगिकार गरेको छ । हाम्रोमा व्यवस्था अगतिलो होईन हामी लोभी पापी हुँदा सही काम गर्न सकेका छैनौँ ।’, उनले थपे, ‘हामी भर्ती गर्ने बेलामा खल्तीको मान्छेलाई गर्छौँ अनि काम गतिलो भएन भनेर गुनासो पनि गर्छौँ। हामीले उपयुक्त व्यक्ति उपयुक्त स्थानमा छनौट गर्न नसक्दा यो अवस्था आएको हो ।’

माघ १३ गते  पश्चिम नवलपरासीको गोपिगञ्जमा रोकिएको समुदायमा काँग्रेस अभियान कार्यक्रम बुधबार गोपिगञ्जबाटै सुरु गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...