नेभिगेशन
सबै कुरा

माधव नेपाललाई खोकी लाग्दा प्रचण्ड डराउँछन् : महामन्त्री थापा

पश्चिम नवलपरासी : नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले माधव नेपाललाई खोकी लाग्दा प्रचण्ड डराउने बताएका छन् । बुधबार पश्चिम नवलपरासीको गोपिगञ्जमा समुदायमा काँग्रेस अभियान कार्यक्रममा बोल्दै महामन्त्री थापाले हालको सरकारको आयु माधव नेपालको हातमा रहेको बताउँदै उक्त अभिव्यक्ति दिएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यक्रमलाई सम्बोधन गर्दै उनले हालको सत्ता गठबन्धन र सरकारको आयु धेरै नभएको जिकिर गरेका छन् । हाल सरकारको आयु माधव नेपालको हातमा रहेको र उनले आफ्नो मत बदल्दाको दिन सरकार परिवर्तन हुने बताउँदै उनले भने, ‘माधव नेपाललाई खोकी लाग्दा प्रचण्ड डराउँछन् ।’

Ncell
Extreme Energy

त्यस्तै उनले आफूहरुभित्रै खोट हुँदा संघीयता विरुद्धका आवाज बलियो भएको बताएका छन। कार्यक्रममा बोल्दै महामन्त्री थापाले नेता र नेतृत्वनै खराब हुँदा व्यवस्थामाथि प्रश्न उठेको बताएका हुन् । ‘व्यवस्थाको दुरुपयोग गर्दै हामी  र हामीजस्तै नेताले आफ्ना मान्छे भर्ती गर्दा निर्वाचन प्रणाली महंगो भएको र व्यवस्था विरोधी स्वर बढ्न थालेको हो ।’, उनले भने । 

महामन्त्री थापाले विश्वमा भएका व्यवस्थाहरुमध्ये नेपालको व्यवस्था अब्बल भएको तर त्यस व्यवस्थामाथि आन्तरिक प्रहार भएको बताए । ‘विश्वमा भएका व्यवस्थाहरुमध्ये अब्बल मानिएको व्यवस्था नेपालले अंगिकार गरेको छ । हाम्रोमा व्यवस्था अगतिलो होईन हामी लोभी पापी हुँदा सही काम गर्न सकेका छैनौँ ।’, उनले थपे, ‘हामी भर्ती गर्ने बेलामा खल्तीको मान्छेलाई गर्छौँ अनि काम गतिलो भएन भनेर गुनासो पनि गर्छौँ। हामीले उपयुक्त व्यक्ति उपयुक्त स्थानमा छनौट गर्न नसक्दा यो अवस्था आएको हो ।’

माघ १३ गते  पश्चिम नवलपरासीको गोपिगञ्जमा रोकिएको समुदायमा काँग्रेस अभियान कार्यक्रम बुधबार गोपिगञ्जबाटै सुरु गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।