नेभिगेशन
सबै कुरा

राजनीतिक अस्थिरताको जड प्रचण्ड हुन् : डा. डिला संग्रौला

रौतहट । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले नेपालकाे राजनीतिक अस्थिरताको जड प्रचण्ड रहेकाे दाबी गरेकी  छिन् । बिहिबार रौतहटको चन्द्रनिगाहपुरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले साे अभिव्यक्ति दिएकी हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीमा बाेल्दै उनले नेपाली कांग्रेस पार्टीले आउने निर्वाचनमा कुनै राजनीतिक दलसँग गठबन्धन नगर्ने बताइन् ।उनले काङ्ग्रेसको रुख छापलाई मात्र कार्यकर्ता र  जनताले बुझेको बताइन् । त्यस्तै प्रतिक्रियाबादीहरुको चलखेल जनताले मुल्यांकन गर्ने बताउँदै उनले वर्तमान राजनीति अस्थिरताको जड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भएको जिकिर गरिन । ‘माओवादी केन्द्र र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पटक पटक कांग्रेस–एमालेलाई धोका दिएका छन् । उनी अस्थिरताका जड हुन् ।’, केन्द्रीय सदस्य संग्रौलाले भनिन् ।

Ncell
Extreme Energy

सुन तस्करी र सहकारी पीडितलाई न्याय दिनुपर्ने  र कारवाहीको दायरामा ल्याउनुपर्ने व्यक्तिनै संलग्न रहेको उनको आरोप छ । उनले भनिन्, ‘सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि पनि उजुरी परेकोले उनले पदबाट राजीनामा दिएर अनुसन्धान गर्न सघाउनुपर्छ ।‘

मधेश जागरणको अभियानलाई लिएर विभिन्न जिल्लाहरुमा नेता कार्यकर्ता भेटघाट कार्यक्रमलाई तिव्रता दिँदै हिँडेकी उनी काँग्रेसको संगठनलाई ग्रासरुटमा पूर्ननिर्माण र पूर्नताजगी बनाउनुपर्ने अवस्था रहेको बताइन् ।

कार्यक्रममा बोल्दै उनले जनताको मुद्दालाई सम्बोधन गर्न कांग्रेस संसद र सडकबाट एकसाथ काम गर्ने बताइन् ।  त्यस्तै कांग्रेसले कसैलाई धोका नदिएको उनको तर्क छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।