नेभिगेशन
सबै कुरा

राजनीतिक अस्थिरताको जड प्रचण्ड हुन् : डा. डिला संग्रौला

रौतहट । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले नेपालकाे राजनीतिक अस्थिरताको जड प्रचण्ड रहेकाे दाबी गरेकी  छिन् । बिहिबार रौतहटको चन्द्रनिगाहपुरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले साे अभिव्यक्ति दिएकी हुन् ।

पार्टीमा बाेल्दै उनले नेपाली कांग्रेस पार्टीले आउने निर्वाचनमा कुनै राजनीतिक दलसँग गठबन्धन नगर्ने बताइन् ।उनले काङ्ग्रेसको रुख छापलाई मात्र कार्यकर्ता र  जनताले बुझेको बताइन् । त्यस्तै प्रतिक्रियाबादीहरुको चलखेल जनताले मुल्यांकन गर्ने बताउँदै उनले वर्तमान राजनीति अस्थिरताको जड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भएको जिकिर गरिन । ‘माओवादी केन्द्र र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पटक पटक कांग्रेस–एमालेलाई धोका दिएका छन् । उनी अस्थिरताका जड हुन् ।’, केन्द्रीय सदस्य संग्रौलाले भनिन् ।

CG

सुन तस्करी र सहकारी पीडितलाई न्याय दिनुपर्ने  र कारवाहीको दायरामा ल्याउनुपर्ने व्यक्तिनै संलग्न रहेको उनको आरोप छ । उनले भनिन्, ‘सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि पनि उजुरी परेकोले उनले पदबाट राजीनामा दिएर अनुसन्धान गर्न सघाउनुपर्छ ।‘

मधेश जागरणको अभियानलाई लिएर विभिन्न जिल्लाहरुमा नेता कार्यकर्ता भेटघाट कार्यक्रमलाई तिव्रता दिँदै हिँडेकी उनी काँग्रेसको संगठनलाई ग्रासरुटमा पूर्ननिर्माण र पूर्नताजगी बनाउनुपर्ने अवस्था रहेको बताइन् ।

कार्यक्रममा बोल्दै उनले जनताको मुद्दालाई सम्बोधन गर्न कांग्रेस संसद र सडकबाट एकसाथ काम गर्ने बताइन् ।  त्यस्तै कांग्रेसले कसैलाई धोका नदिएको उनको तर्क छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...