नेभिगेशन
सबै कुरा

सहकारीको नियमन गर्न शक्तिशाली निकाय गठन गर्नुपर्छ : सहकारीमन्त्री अधिकारी

काठमाडाैँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको नियमन सुपरीवेक्षण गर्न शक्तिशाली निकाय गठन गर्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित सहकारीमा दोश्रो तहको नियामक आवश्यकता र औचित्य बिषयक छलफल कार्यक्रममा मन्त्री अधिकारीले तीनखम्वे अर्थनीतिको महत्वपूर्ण हिस्सा ओगटेको सहकारी क्षेत्र केहि व्यक्तिको बदमासीका कारण बद्नाम हुन पुगेको भन्दै यसको नियमन सुपरीवेक्षण गर्न शक्तिशाली निकाय गठन गर्नुपर्ने बताएका हुन् ।

उनले सहकारी सम्बन्धी एकीकृत ऐन बनाउने तयारी भइरहेको जानकारी दिए । अहिलको अवस्थामा सहकारी समस्या समाधान गर्न कठोर कदम चाल्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ । उनले नेपाल जस्तो सानो मुलुकमा धेरै संख्यामा सहकारीको जरुरी छ वा छैन भन्ने प्रश्न देखिएको र भएकालाई पनि मर्ज गर्नुपर्ने पनि देखिएको बताए ।

मन्त्री अधिकारीले संस्था वा व्यक्ति अनुशासित हुन नसक्दा सहकारीमा समस्या देखिएको धारणा राखे । केहि सहकारीको कमजोरीका नाममा सहकारी नै गलत हो भन्ने मान्यतालाई स्वीकार गर्न नसकिने उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...

भर्खरै