नेभिगेशन
सबै कुरा

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग हर्क साम्पाङकाे भेट, आधा दर्जन विषयमा छलफल

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङकले गृहमन्त्रालयमा भेटेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

भेटमा धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त सोत–साधनको माग गरेका छन् ।

साथै कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिले परिणाम खोज्ने हुँदा काम गर्न कठिन भएको गुनासो समेत गृहमन्त्रीलाई सुनाएका छन् । 

हर्कलाई भेटेपछि लोकप्रिय जनप्रतिनिधिले मन्त्रालयमै आएर राखेका माग र गरेका गुनासोमा  आफुु गम्भीर रहेको गृहमन्त्री लामिछानेले बताएका छन् । 

साथै माग सम्बोधनको प्रक्रिया तत्काल सुरु गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन् । 

भेटमा साम्पाङले गृहमन्त्री लामिछानेलाई सुुझाव पनि दिएका छन् । उनले प्रहरीको मनोबल उच्च बनाउने गरी काम गर्न सुझाव दिएका हुन् । जवाफमा गृहमन्त्री लामिछानेले प्रहरीलाई ‘आम नागरिकलाई भरः गलत गर्नेलाई डर’ हुने संगठन बनाउने गृहमन्त्रीको प्रतिवद्धत जनाएका थिए । 

गृहमन्त्री र प्रमुख साम्पाबीच लागू औषध दुब्र्यसनी नियन्त्रणबारे पनि छलफल भएको थियो ।  नशाका लागि विभिन्न थरीका औषधी मिसाएर खाने प्रवृत्ति बढेको तर, त्यसविरुद्ध कारबाही चलाउन कानून नरहेकोबारे प्रमुख साम्पाङले गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । 

प्रमुख साम्पाङले हरेक शुक्रबार सञ्चालन गरिरहेको ‘सुधारबार’ अभियानमा कुनै हप्ता आफू पनि सहभागी हुने गृहमन्त्रीको प्रतिवद्धता।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।