नेभिगेशन
सबै कुरा

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग हर्क साम्पाङकाे भेट, आधा दर्जन विषयमा छलफल

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङकले गृहमन्त्रालयमा भेटेका छन् । 


भेटमा धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त सोत–साधनको माग गरेका छन् ।

साथै कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिले परिणाम खोज्ने हुँदा काम गर्न कठिन भएको गुनासो समेत गृहमन्त्रीलाई सुनाएका छन् । 

हर्कलाई भेटेपछि लोकप्रिय जनप्रतिनिधिले मन्त्रालयमै आएर राखेका माग र गरेका गुनासोमा  आफुु गम्भीर रहेको गृहमन्त्री लामिछानेले बताएका छन् । 

साथै माग सम्बोधनको प्रक्रिया तत्काल सुरु गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन् । 

भेटमा साम्पाङले गृहमन्त्री लामिछानेलाई सुुझाव पनि दिएका छन् । उनले प्रहरीको मनोबल उच्च बनाउने गरी काम गर्न सुझाव दिएका हुन् । जवाफमा गृहमन्त्री लामिछानेले प्रहरीलाई ‘आम नागरिकलाई भरः गलत गर्नेलाई डर’ हुने संगठन बनाउने गृहमन्त्रीको प्रतिवद्धत जनाएका थिए । 

गृहमन्त्री र प्रमुख साम्पाबीच लागू औषध दुब्र्यसनी नियन्त्रणबारे पनि छलफल भएको थियो ।  नशाका लागि विभिन्न थरीका औषधी मिसाएर खाने प्रवृत्ति बढेको तर, त्यसविरुद्ध कारबाही चलाउन कानून नरहेकोबारे प्रमुख साम्पाङले गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । 

प्रमुख साम्पाङले हरेक शुक्रबार सञ्चालन गरिरहेको ‘सुधारबार’ अभियानमा कुनै हप्ता आफू पनि सहभागी हुने गृहमन्त्रीको प्रतिवद्धता।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...

भर्खरै