नेभिगेशन
सबै कुरा

विद्यालयका जग्गा अतिक्रमणको गुनासो आएपछि २१ दिनभित्र विवरण बुझाउन शिक्षामन्त्रीको पत्राचार

काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ जिल्लाकै सार्वजनिक तथा सामुदायिक विद्यालयहरूको भौतिक विवरण पठाउन विद्यालयहरुलाई पत्राचार गरेको छ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्थानीय तहको सहयोग र समन्वयमा सामुदायिक विद्यालयको नाम, ठेगाना, जग्गाको कित्ता नम्बर र क्षेत्रफल, विद्यालयको नाममा दर्ता भए नभएको विवरण तथा जग्गाको प्रयोगको अवस्थासहित लालपुर्जा, फिल्ड बुक र नक्सासमेतको विवरण २१ दिनभित्र मन्त्रालयमा पठाउन पत्राचार गरिएको मन्त्रालय स्रोतले जनाएको छ।

Ncell
Extreme Energy

विद्यालयका जग्गा अतिक्रमणमा परेको, सार्वजनिक विद्यालयका जग्गा विभिन्न पक्षले हडपेको र पहुँचवालाहरुले दुरुपयोग गरिरहेको लगायतको गुनासो प्राप्त गरेपछि शिक्षा मन्त्री सुमना श्रेष्ठले देशभरीका विद्यालयको जग्गा विवरण मागेकी थिइन्।  

मन्त्रालयको तथ्याङ्क प्रणालीमा विद्यालयको भौतिक विवरण पूर्ण रूपमा समावेश नभएका कारण शैक्षिक नीति, योजना, कार्यक्रम र बजेट प्रणालीमा समस्या देखिएकाले विवरण तत्काल संकलन गर्न शिक्षा मन्त्री सुमना श्रेष्ठले निर्देशन दिएकि थिइन्।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको IEMIS अनलाईन प्रणाली सुदृढीकरण गरी विवरण थप व्यवस्थित बनाउने कार्य भइरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

प्रस्तावित नयाँ व्यवस्थाअनुसार अब स्थायी सेवा अवधि 'एक वर्ष पूरा भएका' र अनिवार्य अवकाश हुन 'एक वर्षभन्दा बढी समय बाँकी रहेका' शिक्षकले एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

विश्वविद्यालयका रजिस्ट्रार प्रा डा सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको...