नेभिगेशन
सबै कुरा

अनलाइन ठगीमा संंलग्न पाँच चिनियाँ नागरिक सहित १२० थान कम्प्युटर बरामद, अभद्र व्यवहारमा मुद्दा दर्ता

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले तीनदेशका नागरिकहरूलाई ठगी गर्दै आएका तीनजना चिनियाँ नागरिकलाई पक्राऊ गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कल सेन्टर स्थापना गरी कर्मचारीहरु राखेर नेपाल, भारत र पाकिस्तानका नागरिकहरूलाई सामाजिक सञ्जाल तथा टेलिफोन मार्फत ठगी गर्दै आएका ३३ वर्षीय लिऊ ग्यू साइ, २६ वर्षीय बोहान भिलाङ, ३६ वर्षीय छिङ्ग छावो, ३४ वर्षीय झान झिलियोङ र २२ वर्षीय सी हुवा हुवान पक्राउ परेका हुन् । 

Ncell
Extreme Energy

वीरगंज महानगरपालिका–१५ स्थित नन्दु पटेलको घरमा सिङ्गो फ्ल्याट नै भाडामा लिएर अनलाइन लट्री, सपिङ्ग जस्ता विभिन्न प्रकारका प्रलोभन देखाई नेपाली तथा विदेशीहरुबाट ठगी गर्ने गरेको सूचनाको आधारमा पर्सा प्रहरीले पाँचै जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट  सीपीयूसहित कम्प्युटर डेस्कटप एक सय २० थान, मनिटर १ सय १८ थान, मोबाइल ३५ थान, ल्यापटप ४ थान, प्रिन्टर १ थान, किबोर्ड, इन्टरनेट स्विच ५ थान, वाईफाई सेट २ थान, भारतीय सिम १३ थान, मिनि इनभरटर २ थान, बिआर ०१ सिएक्स ५७९२ नम्बरको गाडी, प्र.२–०३–०११ प् १३६७ नम्बरको एक मोटरसाइकल सहित ४३ हजार नेपाली रुपैयाँ, ३५ सय कम्बोडियन रुपैयाँ र ३ थान पासपोर्ट बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बताए । 

पक्राउ परेका चिनियाँ नागरिकहरूलाई अभद्र व्यवहारमा मुद्दामा म्याद थप गरी विस्तृत अनुसन्धानपछि अन्य मुद्दा चलाउने बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...