नेभिगेशन
सबै कुरा

अनलाइन ठगीमा संंलग्न पाँच चिनियाँ नागरिक सहित १२० थान कम्प्युटर बरामद, अभद्र व्यवहारमा मुद्दा दर्ता

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले तीनदेशका नागरिकहरूलाई ठगी गर्दै आएका तीनजना चिनियाँ नागरिकलाई पक्राऊ गरेको छ । 

कल सेन्टर स्थापना गरी कर्मचारीहरु राखेर नेपाल, भारत र पाकिस्तानका नागरिकहरूलाई सामाजिक सञ्जाल तथा टेलिफोन मार्फत ठगी गर्दै आएका ३३ वर्षीय लिऊ ग्यू साइ, २६ वर्षीय बोहान भिलाङ, ३६ वर्षीय छिङ्ग छावो, ३४ वर्षीय झान झिलियोङ र २२ वर्षीय सी हुवा हुवान पक्राउ परेका हुन् । 

CG

वीरगंज महानगरपालिका–१५ स्थित नन्दु पटेलको घरमा सिङ्गो फ्ल्याट नै भाडामा लिएर अनलाइन लट्री, सपिङ्ग जस्ता विभिन्न प्रकारका प्रलोभन देखाई नेपाली तथा विदेशीहरुबाट ठगी गर्ने गरेको सूचनाको आधारमा पर्सा प्रहरीले पाँचै जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट  सीपीयूसहित कम्प्युटर डेस्कटप एक सय २० थान, मनिटर १ सय १८ थान, मोबाइल ३५ थान, ल्यापटप ४ थान, प्रिन्टर १ थान, किबोर्ड, इन्टरनेट स्विच ५ थान, वाईफाई सेट २ थान, भारतीय सिम १३ थान, मिनि इनभरटर २ थान, बिआर ०१ सिएक्स ५७९२ नम्बरको गाडी, प्र.२–०३–०११ प् १३६७ नम्बरको एक मोटरसाइकल सहित ४३ हजार नेपाली रुपैयाँ, ३५ सय कम्बोडियन रुपैयाँ र ३ थान पासपोर्ट बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बताए । 

पक्राउ परेका चिनियाँ नागरिकहरूलाई अभद्र व्यवहारमा मुद्दामा म्याद थप गरी विस्तृत अनुसन्धानपछि अन्य मुद्दा चलाउने बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

अनुसन्धानका क्रममा उनीहरूले नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने कार्य गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको छ । सोही क्रममा ती होटल र स्पाबाट आठ बालिकाको उद्धार गरिएको ब्यूरोका प्रवक्ता प्रहरी...
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

कपिलवस्तु शिवराज नगरपालिका–५ घर भई हाल काठमाडौँ–३२ बस्ने ५४ वर्षीय पवित्रप्रकाश अधिकारी, भोजपुर षडानन्द नगरपालिका–१२ का ३३ वर्षीय बबिता विश्वकर्मा र भक्तपुर चाँगुनारायण नगरपालिका–९ घर भई हाल काठमाडौँ...
झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ

झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ

झुठ्ठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाइ विभिन्न व्यक्ति तेस्रो मुलुक जाने गरेका भन्ने सूचनाका आधारमा प्रहरीले तीन जनालाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो...
परालको कुन्युमा लुकाई राखेको १ हजार ८ सय पिस अवैध भेप बरामद

परालको कुन्युमा लुकाई राखेको १ हजार ८ सय पिस अवैध भेप बरामद

पाल्हिनन्दन गाउपालिका वडा न ,६ कब्रस्थान  स्थित परालको कुन्युमा लुकाई राखेको अवस्थामा भेप बरामद गरिएको  हो । अबैध रुपमा नेपालबाट भारततर्फ लैजानको लागि लुकाईएको अवस्थामा बुधबार बिहान करिब...