नेभिगेशन
सबै कुरा

शिक्षक-कर्मचारी राजनीतिक दलमा आवद्ध भए कारवाही हुने, मन्त्री सुमनाले मागिन उजुरी

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले बहालवाला प्राध्यापक, शिक्षक, कर्मचारीहरु कुनै पनि राजनीतिक दलमा आवद्ध भए उजुरु दिन आग्रह गरेकी छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शिक्षक कर्मचारीलाई दलीय राजनीति नगर्न सचेत गराउँदै शिक्षामन्त्री श्रेष्ठले त्यसो गरेको पाइएमा पदबाट हटाउने कानुनी प्रावधान रहेको उल्लेख गरेकी छन् । 

Ncell
Extreme Energy

शिक्षा मन्त्रालयबाट शिक्षा ऐन र राजनीतिक दल सम्बन्धी ऐनबारे जानकारी गराउँदै कानुुन गज्जब बनाएको भएपनि कार्यान्वयनमा चुकेको उल्लेख गरेकी छिन् । उनले भनिन्  शिक्षा ऐन, २०२८ दफा १६९ङ० को उपदफा ५ खण्ड ९९० को बुँदा उल्लेख गर्दै बहालवाला शिक्षक कर्मचारी राजनीतिक दलमा आवद्ध भए पदबाट हटाइने प्रावधान उल्लेख गर्दै त्यसो नगर्न सचेत गराइन् ।


त्यस्तै, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को १४ उपदफा २ खण्ड ९ग०मा सरकारको स्वामित्वमा रहेको संस्थामा आवद्ध नरहेकालाई मात्रै दलको सदस्यता वितरण गर्नुपर्ने व्यवस्थासमेत उल्लेख गर्दै मन्त्री श्रेष्ठले कानून राम्रो भएपनि कार्यान्वयन फितलो भएको भन्दै त्यसो गरेको पाइएमा उजुरी गर्न आग्रह गरेकी छन् ।

१९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रीय सदस्य अरविन्द सिंह

उनले यस्तो कहीँ कतै पाइएमा शिक्षा मन्त्रालयमा जुनसुकै माध्यमबाट उजुरी गर्न पनि आम नागरिकलाई आग्रह गरेकी छन् । उनले भनिन्, ‘अब ढिलो भइसक्यो । अब चाहिँ शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउनै पर्छ ।’

साथै सम्बन्धीत निकायहरुलाई कानुन अनुुसार अनुुगमन र कारवाही अघि बढाउन आवह्न समेत गरिन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

प्रस्तावित नयाँ व्यवस्थाअनुसार अब स्थायी सेवा अवधि 'एक वर्ष पूरा भएका' र अनिवार्य अवकाश हुन 'एक वर्षभन्दा बढी समय बाँकी रहेका' शिक्षकले एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

विश्वविद्यालयका रजिस्ट्रार प्रा डा सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको...