नेभिगेशन
सबै कुरा

काठमाडाैँका जनताले धारामा आएकाे ढलको पानीकाे शुल्क तिरेका छन् : गणेश पराजुली

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले काठमाडौँका धारामा मलमुत्र मिसिएको गनाउने कालो ढल आउने गरेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा उनले काठमाडौँका असन इन्द्रचोक क्षेत्रमा ढलको पानी धारामा पठाइदिएबापत केयुकेएललाई शत प्रतिशत बढेको शुल्क तिर्न बाध्य पारिएको बताएका हुन् । 

‘गणतन्त्र नेपालको सङ्घीय राजधानी काठमाडौँका जनताको घरको धारामा पानी होइन सभामुख महोदय, मानव मलमुत्र मिसिएको गनाउने कालो ढल आउँछ।’, पराजुलीले भने, ‘म यतिखेर मेरो निर्वाचन क्षेत्र काठमाडौँ ७ को महानगरको मुटुमा रहेका वडा नम्बर २५, २६, २४, १७ लगायतका क्षेत्र असन इन्द्रचोकको कुरा गर्दैछु। सहरभित्रका नागरिक ढलको पानी धारामा पठाइदिएबापत केयुकेललाई शत प्रतिशत बढेको शुल्क तिर्न बाध्य छन्। यो कस्तो विडम्बना हो ?’

झन्डै ३५ अर्बभन्दा बढी खर्च गरिसकेको मेलम्ची परियोजनाको केयुकेएल अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयले उपत्यकाको चक्रपथ भित्र खानेपानी वितरण प्रणालीको काम सम्पन्न गरी खानेपानी वितरण प्रक्रिया सुरु गरेको दावी गरेपनि  नयाँ वितरण प्रणालीबाट पानी वितरण हुन नसकेको पराजुलीले बताए । उनले यो दुर्दशाको अध्ययन गरी खानेपानी मन्त्रालयले सहरभित्रको खानेपानी वितरण प्रणाली व्यवस्थित बनाएको जानकारी यथाशीघ्र यस सम्मानित सदनमा गराउनेछ भन्नेमा आशावादी रहेको उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...