नेभिगेशन
सबै कुरा

काठमाडाैँका जनताले धारामा आएकाे ढलको पानीकाे शुल्क तिरेका छन् : गणेश पराजुली

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले काठमाडौँका धारामा मलमुत्र मिसिएको गनाउने कालो ढल आउने गरेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा उनले काठमाडौँका असन इन्द्रचोक क्षेत्रमा ढलको पानी धारामा पठाइदिएबापत केयुकेएललाई शत प्रतिशत बढेको शुल्क तिर्न बाध्य पारिएको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘गणतन्त्र नेपालको सङ्घीय राजधानी काठमाडौँका जनताको घरको धारामा पानी होइन सभामुख महोदय, मानव मलमुत्र मिसिएको गनाउने कालो ढल आउँछ।’, पराजुलीले भने, ‘म यतिखेर मेरो निर्वाचन क्षेत्र काठमाडौँ ७ को महानगरको मुटुमा रहेका वडा नम्बर २५, २६, २४, १७ लगायतका क्षेत्र असन इन्द्रचोकको कुरा गर्दैछु। सहरभित्रका नागरिक ढलको पानी धारामा पठाइदिएबापत केयुकेललाई शत प्रतिशत बढेको शुल्क तिर्न बाध्य छन्। यो कस्तो विडम्बना हो ?’

Ncell
Extreme Energy

झन्डै ३५ अर्बभन्दा बढी खर्च गरिसकेको मेलम्ची परियोजनाको केयुकेएल अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयले उपत्यकाको चक्रपथ भित्र खानेपानी वितरण प्रणालीको काम सम्पन्न गरी खानेपानी वितरण प्रक्रिया सुरु गरेको दावी गरेपनि  नयाँ वितरण प्रणालीबाट पानी वितरण हुन नसकेको पराजुलीले बताए । उनले यो दुर्दशाको अध्ययन गरी खानेपानी मन्त्रालयले सहरभित्रको खानेपानी वितरण प्रणाली व्यवस्थित बनाएको जानकारी यथाशीघ्र यस सम्मानित सदनमा गराउनेछ भन्नेमा आशावादी रहेको उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।