नेभिगेशन
सबै कुरा

ग्रीन हाइड्रोजन उत्पादनमा नीति र लगानी बढाउनुपर्छः सांसद पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका प्रदीप पौडेलले ग्रीन हाइड्रोजन उत्पादन गर्न आवश्यकपर्ने कानुन र लगानी बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।       

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सांसद पौडेलले काठमाडौँँ विश्वविद्यालयले ग्रीन हाइड्रोजन उत्पादन गरेर सफल परीक्षण गरेको र त्यसलाई अझ अनुसन्धान उत्पादन बढाउनुपर्ने बताए। “नेपाली विश्वविद्यालय जसले नेपालमै यो ग्रीन हाइड्रोजन उत्पादन गरेर जुन अनुसन्धान ग¥यो, जसलाई सफलतापूर्वक परीक्षण गरेर देखायो र यो अनुसन्धानमा आबद्धलाई बधाई व्यक्त गर्छु”, उनले भने, “नेपालमा कुनै पनि चिज उत्पादन गर्नु आफैँमा ठूलो कुरा हो, त्यसमाथि ग्रीन हाइड्रोजन भनेको क्लिन ग्रीन एनर्जी हो, जुन नेपाललाई अत्यावश्यक छ, यो क्षेत्रको ठूलो सफलता हो, कोशेढुङ्गा हो ।”

Ncell
Extreme Energy

एउटा विश्वविद्यालयको गरेको अनुसन्धानलाई राज्यले गम्भीरतापूर्वक लिएर त्यसका निम्ति आवश्यक कानुन बनाएर उत्पादनमा वृद्धि गर्नेतर्फ ध्यान दिन आग्रह गरे । “एकसय किलोमिटर गाडी गुडाउन कति पेट्रोल आवश्यक पर्छ ? र त्यसको मूल्य कति हुन्छ र एक केजी ग्रीन हाइड्रोजन उत्पादन गर्न कति पैसा लाग्छ ? तुलना गरेर हेरौँ”, सांसद पौडेलले भने, “तीन खर्ब पेट्रोलियम पदार्थ आयात गर्नका लागि खर्च गरेका छौँ, त्यसको विकल्प यो ग्रीन हाइड्रोजन बन्न सक्छ र नेपालले आर्थिक क्षेत्रमा ठूलो फड्को मार्छ, नेपाल आत्मनिर्भर हुनसक्यो र उत्पादन नेपाली बजारमा लान सक्यौँ भने नेपाललाई ठूलो लाभ हुन्छ ।”

चालु आर्थिक वर्ष सात महिनामा मात्रै नेपालले रु एक खर्ब ८४ अर्ब ९३ करोड पेट्रोलियम पदार्थ आयात गरेको तथ्याङ्क सार्वजनिक भएको उल्लेख गर्दै उनले व्यापार घाटा कम गर्न र विकासका लागि योजना बनाउन बनाउन जरुरी भएको बताए । विसं २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य लिएअनुसार ग्रीन हाइड्रोजन उत्पादनमा वृद्धि गर्नुपर्ने उनको भनाइ थियो ।      

सांसद पौडेलले हमासले बन्धक बनाएका विपीन जोशीको अवस्था अहिलेसम्म पत्ता नलागेको र रुसी सेनामा कति नेपाली रहेका छन् भन्नेबारे सरकारले अध्ययन गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराए । 

“रुसी सेनामा रहेका नेपालीका आफन्त पीडामा बाँचिरहेका छन्, त्यसबारे सरकार बेखबर छ, बेखबर मात्र होइन सरकारले खोजी गर्ने चेष्टा नै गरेको छैन”, सांसद पौडेलले भने, “पराष्ट्रमन्त्रीले रुसी विदेशमन्त्रीसँग वार्ता गर्नुभयो, तर अझै नेपालीको वास्तविक अवस्था बुझ्न पाएको छैन, उद्धारका निम्ति जुन ढङ्गले पहल हुनुपर्ने त्यो हुन सकेको छैन ।”


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।