नेभिगेशन
सबै कुरा

ग्रीन हाइड्रोजन उत्पादनमा नीति र लगानी बढाउनुपर्छः सांसद पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका प्रदीप पौडेलले ग्रीन हाइड्रोजन उत्पादन गर्न आवश्यकपर्ने कानुन र लगानी बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।       

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सांसद पौडेलले काठमाडौँँ विश्वविद्यालयले ग्रीन हाइड्रोजन उत्पादन गरेर सफल परीक्षण गरेको र त्यसलाई अझ अनुसन्धान उत्पादन बढाउनुपर्ने बताए। “नेपाली विश्वविद्यालय जसले नेपालमै यो ग्रीन हाइड्रोजन उत्पादन गरेर जुन अनुसन्धान ग¥यो, जसलाई सफलतापूर्वक परीक्षण गरेर देखायो र यो अनुसन्धानमा आबद्धलाई बधाई व्यक्त गर्छु”, उनले भने, “नेपालमा कुनै पनि चिज उत्पादन गर्नु आफैँमा ठूलो कुरा हो, त्यसमाथि ग्रीन हाइड्रोजन भनेको क्लिन ग्रीन एनर्जी हो, जुन नेपाललाई अत्यावश्यक छ, यो क्षेत्रको ठूलो सफलता हो, कोशेढुङ्गा हो ।”

एउटा विश्वविद्यालयको गरेको अनुसन्धानलाई राज्यले गम्भीरतापूर्वक लिएर त्यसका निम्ति आवश्यक कानुन बनाएर उत्पादनमा वृद्धि गर्नेतर्फ ध्यान दिन आग्रह गरे । “एकसय किलोमिटर गाडी गुडाउन कति पेट्रोल आवश्यक पर्छ ? र त्यसको मूल्य कति हुन्छ र एक केजी ग्रीन हाइड्रोजन उत्पादन गर्न कति पैसा लाग्छ ? तुलना गरेर हेरौँ”, सांसद पौडेलले भने, “तीन खर्ब पेट्रोलियम पदार्थ आयात गर्नका लागि खर्च गरेका छौँ, त्यसको विकल्प यो ग्रीन हाइड्रोजन बन्न सक्छ र नेपालले आर्थिक क्षेत्रमा ठूलो फड्को मार्छ, नेपाल आत्मनिर्भर हुनसक्यो र उत्पादन नेपाली बजारमा लान सक्यौँ भने नेपाललाई ठूलो लाभ हुन्छ ।”

चालु आर्थिक वर्ष सात महिनामा मात्रै नेपालले रु एक खर्ब ८४ अर्ब ९३ करोड पेट्रोलियम पदार्थ आयात गरेको तथ्याङ्क सार्वजनिक भएको उल्लेख गर्दै उनले व्यापार घाटा कम गर्न र विकासका लागि योजना बनाउन बनाउन जरुरी भएको बताए । विसं २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य लिएअनुसार ग्रीन हाइड्रोजन उत्पादनमा वृद्धि गर्नुपर्ने उनको भनाइ थियो ।      

सांसद पौडेलले हमासले बन्धक बनाएका विपीन जोशीको अवस्था अहिलेसम्म पत्ता नलागेको र रुसी सेनामा कति नेपाली रहेका छन् भन्नेबारे सरकारले अध्ययन गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराए । 

“रुसी सेनामा रहेका नेपालीका आफन्त पीडामा बाँचिरहेका छन्, त्यसबारे सरकार बेखबर छ, बेखबर मात्र होइन सरकारले खोजी गर्ने चेष्टा नै गरेको छैन”, सांसद पौडेलले भने, “पराष्ट्रमन्त्रीले रुसी विदेशमन्त्रीसँग वार्ता गर्नुभयो, तर अझै नेपालीको वास्तविक अवस्था बुझ्न पाएको छैन, उद्धारका निम्ति जुन ढङ्गले पहल हुनुपर्ने त्यो हुन सकेको छैन ।”


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...