नेभिगेशन
सबै कुरा

न्यारोबडी जहाज मर्मतसम्बन्धी कागजात पेश गर्न निगमलाई समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी जहाज मर्मतबारे आवश्यक कागजात १५ दिनभित्र समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा भएको बैठकले न्यारोबडी जहाज मर्मतबारे समितिलाई विश्वास हुनेगरी स्पष्ट जवाफ पेश गर्न निर्देशन दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समिति सभापति राजकिशोर यादवले न्यारोबडी जहाज मर्मतका विषयमा विभिन्न टिकाटिप्पणी आइरहेको भन्दै स्पष्ट जवाफ आउनेगरी समितिमा कागजात पेश गर्न निर्देशन दिए । “न्यारोबडी जहाजको इञ्जिन मर्मतका सम्बन्धमा समितिसमक्ष भ्रष्टाचार भएको सूचना छ”, समितिलाई निर्देशन दिँदै उनले भने, “निगमले समितिलाई विश्वास दिलाउनुपर्छ । यसमा भ्रष्टाचार भएको होइन, यी कारणले विलम्ब भएको भनी विस्तृत र ठोस रुपमा जवाफ दिनुपर्‍यो ।”

Extreme Energy
citizen life

सभापति यादवले समितिले निगमको कामलाई थप प्रभावकारी बनाउन सहजीकरण गर्नेगरी बारम्बार निगम पदाधिकारीसँग छलफल गरिरहेको तर अहिलेसम्म चित्तबुझ्दो जवाफ नआएको भन्दै अर्को बैठकमा विस्तृत छलफल गरेर थप निर्णय लिने बताए।

गत मङ्सिर १५ गतेदेखि ग्राउण्डेड भएको निगमको न्यारोबडी जहाज गत पुस २६ गते मर्मतका लागि इजरायल पठाइएको थियो । उक्त जहाज मर्मतपछि आगामी वैशाख १५ गतेभित्र काठमाडौँ आइपुग्ने इजरायलको एमआरो कम्पनीले प्रतिबद्धता जनाएको निगमले उल्लेख गरेको छ । 

सभापति यादवले निगमको न्यारोबडी जहाज खरिद प्रक्रियाबारे आवश्यक अध्ययन गर्न उपसमिति बनाएर अगाडि बढ्ने बताए । “उपसमितिले १५ दिनभित्र भ्रष्टाचारजन्य काम भएको विषयमा थप अध्ययन गर्नेछ । न्यारोबडी जहाससम्बन्धी सम्झौताको बेला के भएको थियो र त्यसमा भ्रष्टाचार नभएको भन्ने विषयमा समितिलाई विश्वास हुनुपर्‍यो । होइन भने थप कारबाहीका लागि बाध्य हुन्छौँ”, उनले भने । 

बैठकमा सांसदहरुले निगमको न्यारोबडी जहाजको इञ्जिन मर्मतका लागि इजरायल पठाइएको चार महिनाभन्दा बढी समय भइसक्दा पनि अहिलेसम्म मर्मत नभएको र निगमको उडान सेवा प्रभावित भएको विषयमा छानबिनको माग गरे। सांसदहरुले निगमबारे अध्ययन गर्न छुट्टै समिति बनाएर जानुपर्ने सुझाव दिएका थिए । 

सांसदहरु भीमप्रसाद आचार्य, सुनिता बराल, शिशिर खनाल, दामोदर पौडेल बैरागी, उदयशम्शेर जवरा, भीमप्रसाद आचार्य, प्रेम सुवाल, एकनाथ ढकाल, योगेश गौचन थकाली, डा धवलशम्शेर जवरालगायतले निगमको पुनःसंरचनाका लागि कार्ययोजना बनाउन, निगमभित्र भइरहेको अनियमितता रोक्न र निगमको उडान सेवालाई चुस्त र प्रभावकारी बनाउन निगमलाई आग्रह गरेका थिए । 

सभापति यादवले निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भइरहेको विवादले मुलुकको हवाई उडान र समग्र पर्यटन उद्योगलाई नकारात्मक असर पर्ने भन्दै युरोपेली सङ्घ (इयू) को कालोसूची हटाउन र निगमको उडान सेवालाई भरपर्दो, विश्वसनीय र प्रभावकारी बनाउन दुवै संस्थाबीच प्रभावकारी समन्वय र सहकार्य जरुरी भएको औँल्याए । निगमको जहाजमा बारम्बार समस्या आउने गरेको, उडान रद्द हुनेजस्ता विषय बाहिर आइरहेको भन्दै व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिए । 

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले मन्त्रालय मातहतका निकायबारे आफूले अध्ययन गरिरहेको भन्दै सम्बन्धित निकायमाथि उठेका विषयमा कुनै बदमासी भएको भए आवश्यक निर्णय लिइने विश्वास व्यक्त गरे ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले न्यारोबडी जहाज मर्मत नियमपूर्वक गरिएको दाबी गरे । समितिले निगमको अवस्थाबारे पर्यटन मन्त्रालयका सचिव र निगमका पदाधिकारीलाई बोलाएर छलफल गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँ महानगरले असनको मौलिकता जीवन्त राख्न हरेक शनिबार विशेष कार्यक्रम आयोजना गर्ने

काठमाडौँ महानगरले असनको मौलिकता जीवन्त राख्न हरेक शनिबार विशेष कार्यक्रम आयोजना गर्ने

काठमाडौँको सांस्कृतिक पहिचान, सहरभित्रका परम्परागत जीवनशैली, जात्रा पर्व, संस्कार, संस्कृतिको पुरस्तान्तरण र पूर्खाको ज्ञान र सिपलाई निरन्तरता दिने उदेश्यले प्रवर्धन कार्यक्रम आयोजना गर्न लागिएको काठमाडौँ महानगरका प्रवक्ता नविन...
विषय विज्ञ सांसदलाई समितिका सभापति बनाउने रास्वपाकाे तयारी

विषय विज्ञ सांसदलाई समितिका सभापति बनाउने रास्वपाकाे तयारी

सम्बन्धित समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी सोही समितिका एक जना सदस्य प्रस्तावक रही सोही समितिका कुनै अर्को एक जना सदस्यको समर्थनसहित सभापतिमा दाबी प्रस्तुत गर्न सक्दछन्...
दार्चुलाबाट हर्क भन्छन्ः  आमाको  बिलौनाले भक्कानिएको हृदयमा गहिरो चोट लिएर काठमाडौँ फर्कँदैछु

दार्चुलाबाट हर्क भन्छन्ः आमाको बिलौनाले भक्कानिएको हृदयमा गहिरो चोट लिएर काठमाडौँ फर्कँदैछु

कहिल्यै फर्केन भन्दै एउटी आमाले बिलौना गर्दा भक्कानिएको हृदयमा गहिरो चोट लिएर काठमाडौँ फर्कंदैछु आज’, सांसद साम्पाङले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘कहिल्यै घाम नलागेको तुसारोले छोपिएको...
कटारी नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थी पोशाकमा एकरूपता लागू गर्ने

कटारी नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थी पोशाकमा एकरूपता लागू गर्ने

सोही निर्णयअनुसार हाल कायम रहेको पोशाक खरिद नगर्न अभिभावक तथा सरोकारवालालाई नगरपालिकाले अनुरोध गरेको छ।