नेभिगेशन
सबै कुरा

३ महिनादेखि खाना खाएको छैन, आत्महत्या गर्ने अवस्थामा पुगिसकेँ : रेशम चौधरी (भिडियाे)

काठमाडाैँ । पार्टीभित्रको आन्तरिक विवादलाई लिएर नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफू आत्महत्या गर्ने अवस्थामा पुगेको बताएका छन् । पार्टी बैठकमा भएको झगडा र कुटाकुटलाई लिएर पत्रकारहरुसँग उक्त गुनासो गरेका हुन् । 


Dish Home
Global Ime Bank

पार्टी र अन्य विवादका कारणले आफूले ३ महिनायता खाना नखाएको बताउँदै भावुक मुद्रामा उनले भने, ‘ मैले ३ महिनादेखि खाना खाएको छैन, कहिले दुई चम्चा खान्छु, कहिले के कहिले के खान्छु । आत्महत्या गर्ने परिस्थितिसम्म पुगिसकेँ । ’

त्यस्तै उनले पार्टीको निर्णय कसैले नमान्ने, सबैलाई पद चाहिने बताउँदै त्यस्ता पार्टी सदस्यलाई आगामी बैठकबाट कारबाही गरिने बताए । ‘केही कोही पनि मान्दैनन् । केन्द्रीय समितिको निर्णय नमान्ने भन्छन्, पार्टी कसले चलाइरहेको छ ? पदको लोभ बढी भयो । अब २३ र २४ गतेको बैठकले कारबाही गर्छ’,  उनी भन्छन् । 

त्यस्तै आफूहरुको पार्टीलाई सरकारबाट पनि हस्तक्षेप भएको उनले आरोप लगाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
देशमा बहुआयामिक र चौतर्फी ढङ्गले विकास गर्दैछौँः प्रधानमन्त्री

देशमा बहुआयामिक र चौतर्फी ढङ्गले विकास गर्दैछौँः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्कोमा नवनिर्मित ‘फ्लाई ओभर’ ले ग्वार्कोसहित आसपासका क्षेत्रमा हुने सवारी जामको समस्या समाधान गर्ने बताएका छन् ।
तीन शीर्ष नेताको सिंहदरबारमा भेटः सङ्क्रमणकालीन न्याय र संसद अवरोधबारे छलफल

तीन शीर्ष नेताको सिंहदरबारमा भेटः सङ्क्रमणकालीन न्याय र संसद अवरोधबारे छलफल

प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सिंहदरबारमा छलफल सुरु भएको छ।
एमालेले भन्यो, ‘भिजिट भिसामा माओवादीसँगको सम्झौताअनुसार अघि बढ्ने हो, पार्टीपिच्छे सम्झौता हुँदैन’

एमालेले भन्यो, ‘भिजिट भिसामा माओवादीसँगको सम्झौताअनुसार अघि बढ्ने हो, पार्टीपिच्छे सम्झौता हुँदैन’

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षीसँग सहमति भइसकेकाले अन्य दलसँग सहमति गर्नु आवश्यक नरहेको बताएका छन् ।
सदनमा बोल्न नपाएका प्रधानमन्त्रीको पत्रकारलाई कटाक्ष, ‘मज्जा आयो ?’

सदनमा बोल्न नपाएका प्रधानमन्त्रीको पत्रकारलाई कटाक्ष, ‘मज्जा आयो ?’

शुक्रबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएको थियो । सोहीअनुरुप प्रधानमन्त्री बैठकमा पुगेका थिए ।

भर्खरै