नेभिगेशन
सबै कुरा

जनप्रतिनिधिले नै गरे नगरपालिकामा तालाबन्दी

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिकामा जनप्रतिनिधिहरुले नै  तालाबन्दी गरेका छन । १० बुँदे मागसहित जलेश्वर नगरपालिकाका सात जना वडाध्यक्षसहित पाँच कार्यपालिका सदस्यले पालिकाको प्रमुख प्रशासकिय अधिकृत, योजना शाखा ,लेखा शाखा तथा प्राविधिक शाखामा ताला लगाएका हुन् ।

जलेश्वर नगरपालिकाको रेडबुक सार्वजनिक गर्न, नगरसभा गरिएको नौ महिना बितेपनि योजना संचालन नगरेको, नगरपालिकाले नगरको नियमित बोर्ड बैठक नबसाएको, डोर हाजिरीमा कार्यरत कर्मचारीलाई ९ महिना खटाई तलब भत्ता भुक्तानी नगरेको, आ.व.८०/८१ मा संचालन भएको योजनाहरुको भुक्तानी प्रतिलिपि माग गर्दा उपलब्ध नगराएको उनीहरुको गुनासो छ । 

त्यस्तै किसानहरुका लागि पालिकाले कुनै योजना नराखेको, जलेश्वर नगरपालिकाले गरेको कार्यहरुको सार्वजनिक सुनुवाई नगरेको, नगरपालिकामा कार्यरत कर्मचारीहरुको विवरण उपलब्ध नगराएको र जलेश्वर नगरपालिकाको १२ वटै वडामा कर सम्बन्धी कार्यका लागि प्रयोग गरिने संग्रीला सफ्ट्वेयर कम्पनीको भुक्तानी नगर्दा वडाका कार्य अलपत्र परेकोले उनीहरुको गुनासो छ । त्यस्तै यी मागहरु नगरपालिकामा राख्दा बेवास्ता गरेको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् । 

तालाबन्दी गरिएको दुई दिन बितिसक्दा पनि नगरप्रमुख सुरेश साह सोनारले कुनै मतलब नराखेको जलेश्वर नगरपालिकाका वडा न.०३ का वडाध्यक्ष रतन चौधरीले गुनासो गरेका छन । आफूहरुको दश बुँदे मागका विषयमा छलफल गरे आफूहरु सम्झौतामा जान तयार रहेको वडाध्यक्ष चौधरीले बताए ।

त्यस्तै नगरप्रमुखले आफन्तको र ठेकेदारको काम आन्तरिक रुपमा गर्दै आएको तर नगरवासी प्रति उनको कुनै चासो नरहेको वडाअध्यक्ष चौधरीले आरोप लगाएका छन् । आफूहरुको माग सम्बोधन नभएसम्म ताला नखोल्ने जनप्रतिनिधिहरुले अडान लिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...