नेभिगेशन
सबै कुरा

जनप्रतिनिधिले नै गरे नगरपालिकामा तालाबन्दी

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिकामा जनप्रतिनिधिहरुले नै  तालाबन्दी गरेका छन । १० बुँदे मागसहित जलेश्वर नगरपालिकाका सात जना वडाध्यक्षसहित पाँच कार्यपालिका सदस्यले पालिकाको प्रमुख प्रशासकिय अधिकृत, योजना शाखा ,लेखा शाखा तथा प्राविधिक शाखामा ताला लगाएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जलेश्वर नगरपालिकाको रेडबुक सार्वजनिक गर्न, नगरसभा गरिएको नौ महिना बितेपनि योजना संचालन नगरेको, नगरपालिकाले नगरको नियमित बोर्ड बैठक नबसाएको, डोर हाजिरीमा कार्यरत कर्मचारीलाई ९ महिना खटाई तलब भत्ता भुक्तानी नगरेको, आ.व.८०/८१ मा संचालन भएको योजनाहरुको भुक्तानी प्रतिलिपि माग गर्दा उपलब्ध नगराएको उनीहरुको गुनासो छ । 

Ncell
Extreme Energy

त्यस्तै किसानहरुका लागि पालिकाले कुनै योजना नराखेको, जलेश्वर नगरपालिकाले गरेको कार्यहरुको सार्वजनिक सुनुवाई नगरेको, नगरपालिकामा कार्यरत कर्मचारीहरुको विवरण उपलब्ध नगराएको र जलेश्वर नगरपालिकाको १२ वटै वडामा कर सम्बन्धी कार्यका लागि प्रयोग गरिने संग्रीला सफ्ट्वेयर कम्पनीको भुक्तानी नगर्दा वडाका कार्य अलपत्र परेकोले उनीहरुको गुनासो छ । त्यस्तै यी मागहरु नगरपालिकामा राख्दा बेवास्ता गरेको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् । 

तालाबन्दी गरिएको दुई दिन बितिसक्दा पनि नगरप्रमुख सुरेश साह सोनारले कुनै मतलब नराखेको जलेश्वर नगरपालिकाका वडा न.०३ का वडाध्यक्ष रतन चौधरीले गुनासो गरेका छन । आफूहरुको दश बुँदे मागका विषयमा छलफल गरे आफूहरु सम्झौतामा जान तयार रहेको वडाध्यक्ष चौधरीले बताए ।

त्यस्तै नगरप्रमुखले आफन्तको र ठेकेदारको काम आन्तरिक रुपमा गर्दै आएको तर नगरवासी प्रति उनको कुनै चासो नरहेको वडाअध्यक्ष चौधरीले आरोप लगाएका छन् । आफूहरुको माग सम्बोधन नभएसम्म ताला नखोल्ने जनप्रतिनिधिहरुले अडान लिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।