नेभिगेशन
सबै कुरा

एसईई परीक्षामा चिट चोराउने प्रधानाध्यापकसहित ६ जना पक्राउ

रौतहट । माध्यमिक शिक्षा परिक्षामा खटिएका पाँच जना परीक्षा निरीक्षकसहित चिट चोराउन संलग्न थप एक जनालाई रौतहट प्रहरीले पक्राऊ गरेको छ। 

पक्राउ पर्नेमा पिपरा परीक्षा केन्द्रमा परीक्षा निरीक्षकको रुपमा खटिएका श्री मावि पथराका प्रधानाध्यापक राजदेवी नपा १ बस्ने ४५ बर्षीय उतिचन्द्र यादव, श्री सरस्वती मावि गढीमाई नपा ७ बस्ने २२ बर्षीय ललन राय यादव त्यसैगरी मौलापुर नपा वडा नं ६ मा बस्ने श्री निपथरा बुधराम परीक्षा केन्द्रमा परीक्षा निरीक्षकको रुपमा खटिएका ४८ बर्षीय राम अमोद प्रसाद यादव, मौलापुर नपा वडा नं ६ मा बस्ने श्री शंकर मा।वि। सरमुज्वा परीक्षा केन्द्रमा परीक्षा निरीक्षकको रुपमा खटिएका ४४ वर्षीय अबधलाल राम र २५ बर्षीय राकेश कुमार यादव सहित श्री सरस्वती मा।वि।पिपरा परीक्षा केन्द्रमा अनुमति विना प्रवेश गरेका राजपुर नपा वडा नं १ मा बस्ने राम सोगारथ साह रहेका छन् । 

City Express

शैक्षिक सत्र २०८०/०८१ अनुसार भईरहेको एसईईको परीक्षालाई मध्य नजर राखी सामाजिक सञ्जाल ह्वाट्सएपमा एसईई ग्रुप बनाई उक्त ह्वाट्सएप लगायतका सामाजिक संजालको माध्यमबाट परीक्षामा आएका प्रश्नपत्रहरु तथा सोको उत्तर समेतको बिषयबस्तुहरु बिभिन्न सामाजिक संजालमा आदान प्रदान गरी प्रश्नपत्रको गोपनियता भंग गर्ने, आफू परीक्षा निरीक्षकको रुपमा खटी स्वयम् आफैले चिट चोर्न लगाउने लगायतको कार्य गरी परीक्षाको मर्यादा भंग गरेकोले निजहारुलाई पक्राउ गरेको जानकारी  रौतहट प्रहरीले सार्वजनिक गरेको हो।

निजहरुलाई २०८० सालको एसईई परीक्षाको मर्यादा भङ्ग गरेका कसुरदार पक्राउ  गरी शिक्षा ऐन, २०२८ को दफा १७ को उपदफा १ ९क० अन्तर्गको कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान कार्य भई रहेको व्यहोरा रौतहट प्रहरीले जनाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

विराटनगरबाट धनगढी गइरहेको सुप्र०१–००१ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश२–०१–००१ह १२३० नम्बरको अटोरिक्सालाई शनिबार साँझ ठक्कर दिएको थियो ।

भर्खरै