नेभिगेशन
सबै कुरा

एसईई परीक्षामा चिट चोराउने प्रधानाध्यापकसहित ६ जना पक्राउ

रौतहट । माध्यमिक शिक्षा परिक्षामा खटिएका पाँच जना परीक्षा निरीक्षकसहित चिट चोराउन संलग्न थप एक जनालाई रौतहट प्रहरीले पक्राऊ गरेको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पर्नेमा पिपरा परीक्षा केन्द्रमा परीक्षा निरीक्षकको रुपमा खटिएका श्री मावि पथराका प्रधानाध्यापक राजदेवी नपा १ बस्ने ४५ बर्षीय उतिचन्द्र यादव, श्री सरस्वती मावि गढीमाई नपा ७ बस्ने २२ बर्षीय ललन राय यादव त्यसैगरी मौलापुर नपा वडा नं ६ मा बस्ने श्री निपथरा बुधराम परीक्षा केन्द्रमा परीक्षा निरीक्षकको रुपमा खटिएका ४८ बर्षीय राम अमोद प्रसाद यादव, मौलापुर नपा वडा नं ६ मा बस्ने श्री शंकर मा।वि। सरमुज्वा परीक्षा केन्द्रमा परीक्षा निरीक्षकको रुपमा खटिएका ४४ वर्षीय अबधलाल राम र २५ बर्षीय राकेश कुमार यादव सहित श्री सरस्वती मा।वि।पिपरा परीक्षा केन्द्रमा अनुमति विना प्रवेश गरेका राजपुर नपा वडा नं १ मा बस्ने राम सोगारथ साह रहेका छन् । 

Ncell
Extreme Energy

शैक्षिक सत्र २०८०/०८१ अनुसार भईरहेको एसईईको परीक्षालाई मध्य नजर राखी सामाजिक सञ्जाल ह्वाट्सएपमा एसईई ग्रुप बनाई उक्त ह्वाट्सएप लगायतका सामाजिक संजालको माध्यमबाट परीक्षामा आएका प्रश्नपत्रहरु तथा सोको उत्तर समेतको बिषयबस्तुहरु बिभिन्न सामाजिक संजालमा आदान प्रदान गरी प्रश्नपत्रको गोपनियता भंग गर्ने, आफू परीक्षा निरीक्षकको रुपमा खटी स्वयम् आफैले चिट चोर्न लगाउने लगायतको कार्य गरी परीक्षाको मर्यादा भंग गरेकोले निजहारुलाई पक्राउ गरेको जानकारी  रौतहट प्रहरीले सार्वजनिक गरेको हो।

निजहरुलाई २०८० सालको एसईई परीक्षाको मर्यादा भङ्ग गरेका कसुरदार पक्राउ  गरी शिक्षा ऐन, २०२८ को दफा १७ को उपदफा १ ९क० अन्तर्गको कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान कार्य भई रहेको व्यहोरा रौतहट प्रहरीले जनाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...