नेभिगेशन
सबै कुरा

आज पाँच वटा संसदीय समितिको बैठक बस्दै, कानुन समितिको बैठकमा गृहमन्त्री लामिछाने जाने

काठमाडौँ । आज एकै दिन पाँच वटा संसदीय समितिको बैठक बस्दै छन् । बिहान ८ बजेदेखि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक चलिरहेको छ । बैठकमा अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भइरहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस्तै बिहान १० बजेबाट महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै छ । बैठकमा बाल सुधार गृहहरुको व्यवस्थापन र सुधारसँग सम्बन्धित विषयमा छलफल हुने कार्यसूचि रहेको छ । 

Ncell
Extreme Energy

यस्तै बिहान ११ बजे कानुन, न्याय तथा संसदीय मामिला समिति र विद्यायन  व्यवस्थापन समितिको बैठक छुट्टाछुट्टै बस्दै छन् । 

कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपस्थित हुँदै छन् । समितिमा आज गृह मन्त्रालयसँग सम्बन्धित केहि  नेपाल ऐनलाई ऐनलाई संशोधन गर्न बनेका विधेयक माथि छलफल रहेको छ । यस्तै वन तथा वातावरण मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालयसँग सम्बन्धीत ऐनहरुको संशोधनका विषयमा समेत छलफल हुँदै छ  । 

यस्तै ११ बजे नै बस्ने  विधायन व्यवस्थापन समितिको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० मा विज्ञसँग छलफल हुनेछ । 

त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।