नेभिगेशन
सबै कुरा

आज पाँच वटा संसदीय समितिको बैठक बस्दै, कानुन समितिको बैठकमा गृहमन्त्री लामिछाने जाने

काठमाडौँ । आज एकै दिन पाँच वटा संसदीय समितिको बैठक बस्दै छन् । बिहान ८ बजेदेखि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक चलिरहेको छ । बैठकमा अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भइरहेको छ । 

यस्तै बिहान १० बजेबाट महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै छ । बैठकमा बाल सुधार गृहहरुको व्यवस्थापन र सुधारसँग सम्बन्धित विषयमा छलफल हुने कार्यसूचि रहेको छ । 

यस्तै बिहान ११ बजे कानुन, न्याय तथा संसदीय मामिला समिति र विद्यायन  व्यवस्थापन समितिको बैठक छुट्टाछुट्टै बस्दै छन् । 

कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपस्थित हुँदै छन् । समितिमा आज गृह मन्त्रालयसँग सम्बन्धित केहि  नेपाल ऐनलाई ऐनलाई संशोधन गर्न बनेका विधेयक माथि छलफल रहेको छ । यस्तै वन तथा वातावरण मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालयसँग सम्बन्धीत ऐनहरुको संशोधनका विषयमा समेत छलफल हुँदै छ  । 

यस्तै ११ बजे नै बस्ने  विधायन व्यवस्थापन समितिको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० मा विज्ञसँग छलफल हुनेछ । 

त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...