नेभिगेशन
सबै कुरा

आयरल्यान्ड ए सँग नेपाल ए ११४ रनले पराजित

काठमाडौँ । आयरल्याण्ड ‘ए’ले एक खेल अगावै एकदिवसीय क्रिकेट शृङ्खलामाथि कब्जा जमाएको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको दोस्रो एकदिवसीय खेलमा आयरल्याण्ड ‘ए’ले नेपाल ‘ए’लाई एक सय १४ रनको फराकिलो अन्तरले पराजित गर्दै शृङ्खलामा कब्जा जमाएको हो । आयरल्याण्ड ‘ए’ पहिलो खेलमा २१ रनले विजयी भएको थियो ।

CG

आयरल्याण्ड ‘ए’ले जितका लागि प्रस्तुत गरेको एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १६ दशमलव पाँच ओभरमा ६० रनमा समेटियो । नेपाल ‘ए’ टोलीका कुनै पनि ब्याटरहरुले उल्लेख्य रन बनाउन सकेनन् । 

नेपाल ‘ए’का लागि भीम सार्कीले १७ र कप्तान विनोद भण्डारीले १६ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 

पाँच ब्याटरहरु देव खनाल, आरिफ शेख, रिजन ढकाल, कमल ऐरी र मौसम ढकाल शून्य रनमा आउट भए ।  नरेन भट्टले छ, अर्जुन साउदले पाँच, बसिर अहमदले छ र सहाब आलमले एक रन बनाए ।

आयरल्याण्ड ‘ए’का लागि म्याथ्यु हम्फ्रिज एक्लैले छ विकेट लिए । साथै फिओन ह्याड र थोमस माएजले दुई/दुई विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्याण्ड ‘ए’ले ३८ दशमलव चार ओभरमा अलआउट हुँदै एक सय ७४ रन बनाएको थियो । 

उसका लागि गानिभ होयले अर्धशतकीय पारी खेले । उनले ५९ बल खेल्ने क्रममा दुई छक्का र पाँच चौको सहयोगमा ५० रन बनाए । कप्तान निल रकले ३८ बलमा तीन छक्का र तीन चौकाको सहयोगमा ४५ रन बनाए भने लियाम मकार्थीले ३५ रन बनाए । साथै पिटर मुरले १७ रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् । 

नेपाल ‘ए’का लागि रिजन ढकाल र सहाब आलमले तीन/तीन विकेट लिए भने मौसम ढकालले दुई र कमल ऐरीले एक विकेट लिए । 

प्रतियोगिताको अन्तिम खेल आइतबार हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

अन्य ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न सकेनन् । अफगानिस्तानका जाइटुल्लाह शाहिनले तीन विकेट लिए भने अब्दुल अजिज र नुरिस्तानी ओमरजाई र वहिदुल्लाह जाद्रानले समान दुई/दुई विकेट हात पारे ।
एनपीएलको सफल आयोजनापछि क्यानलाई आइसिसीको बधाई

एनपीएलको सफल आयोजनापछि क्यानलाई आइसिसीको बधाई

एनपिएलको दोस्रो संस्करण सफलतापूर्वक आयोजना गरी सम्पन्न गरेकामा आइसीसी अध्यक्ष शाहले क्यानका अध्यक्ष चन्दलाई पत्राचार गर्दै बधाई दिएका हुन् ।
यु–१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य

यु–१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य

नेपालले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ३१ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३० रन बनायो । नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक ३० रन...
लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।