नेभिगेशन
सबै कुरा

एसएमएस फ्रेन्डसिप कपमा बरोडासँग नेपाल पराजित

काठमाडौँ । भारतमा जारी एसएमएस फ्रेन्डसिप कपअन्तर्गत लिगको अन्तिम खेलमा आज बरोडाले नेपाललाई ३७ रनले पराजित गरेको छ । 

जितका लागि बरोडाले प्रस्तुत गरेको एक सय ५७ रनको लक्ष्य पछ्याएको नेपाल १८ दशमलव पाँच ओभरमा अलआउट हुँदै एक सय १९ रनमा समेटियो । 

CG

नेपालका लागि सन्दीप जोराले सर्वाधिक ५६ रन बनाए । उनले ४३ बल खेल्ने क्रममा चार छक्का र तीन चौका प्रहार गरे । साथै विवेक यादवले १७, कुशल भुर्तेलले १६ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय रन बनाउन सकेनन् । कुशल मल्लले तीन, दीपेन्द्र सिंह ऐरी र आकाश जिसीले समान दुईरदुई रन बनाए भने अनिल साह र गुलशन झाले समान एक÷एक रन बनाए । 

बरोडाको जितमा ध्रुव पटेलले चार विकेट लिए भने लक्षित टोक्सियाले तीन र जय आभालेले दुई विकेट लिए । साथै हेमन्त पुण्डेले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बरोडाले निर्धारित २० ओभरमा आठ विकेटका क्षतिमा एक सय ५६ रन बनाएको थियो । उसका लागि शाश्वत रावतले ३१ रनको योगदान दिए भने ध्रुव पटेलले २९ रन बनाए । साथै अमित पासीले २६, मोहित मोङ्गियाले २० र अभिमन्यु सिंह राजपुतले ११ रन बनाए ।

नेपालका लागि करन केसी र गुलशन झाले दुईरदुई विकेट लिए भने आकाश चन्द, प्रतीश जिसी, ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले एक÷एक विकेट लिए ।

जारी प्रतियोगितामा नेपाल र गुजरात यसअघि फाइनलमा पुगिसकेका छन् । नेपाले गुजरातसँग भएका दुवै खेल र बरोडासँग भएको एक खेलमा विजयी हुँदै फाइनलमा पुगेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

अन्य ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न सकेनन् । अफगानिस्तानका जाइटुल्लाह शाहिनले तीन विकेट लिए भने अब्दुल अजिज र नुरिस्तानी ओमरजाई र वहिदुल्लाह जाद्रानले समान दुई/दुई विकेट हात पारे ।
एनपीएलको सफल आयोजनापछि क्यानलाई आइसिसीको बधाई

एनपीएलको सफल आयोजनापछि क्यानलाई आइसिसीको बधाई

एनपिएलको दोस्रो संस्करण सफलतापूर्वक आयोजना गरी सम्पन्न गरेकामा आइसीसी अध्यक्ष शाहले क्यानका अध्यक्ष चन्दलाई पत्राचार गर्दै बधाई दिएका हुन् ।
यु–१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य

यु–१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य

नेपालले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ३१ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३० रन बनायो । नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक ३० रन...
लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।