नेभिगेशन
सबै कुरा

वीरगंजका मेयरविरुद्ध प्रदर्शन गर्ने ४ जना पक्राउ

काठामाडौँ । नागरिकता किर्ते प्रकरणमा वीरगंजका मेयर राजेशमान सिंहलाई कारबाहीको माग गर्दै प्रदर्शन गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार स्थानीय सर्वसाधारण तथा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरूले वीरगंजको घण्टाघर, माईस्थान, महाविरस्थान, आर्दशनगर लगायतको स्थानमा टायर बालेर प्रदर्शन गरेका थिए । सो क्रममा प्रहरीले चार जनालाई पक्राउ गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पर्नेमा स्थानीय नवसाद आलम, बरकत अलि, रमजान शेख र अफताब आलम रहेका छन् । 

Ncell
Extreme Energy

मेयर राजेशमान सिंहले किर्ते गरी रुबिना श्रेष्ठ नाम गरेकी युवतीलाई नागरिकता दिलाएको विषय सिधाकुराले खुलासा गरेको थियो । त्यसपछि मेयरलाई कारवाहीको माग गर्दै वीरगंजमा निरन्तर बिरोध प्रदर्शन हुँदै आएको छ । 

स्थानीयहरूले शुक्रबार मेयरको किर्ते नदेखेको भन्दै दिउँसै लालटिन बालेर जुलुस निकालेका थिए । कारबाही प्रकृया अगाडि नबढाउने पर्साका प्रहरी उपरिक्षक कुमोद ढुङ्गेल र प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालको पुत्ला दहन गरेको थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।