नेभिगेशन
सबै कुरा

वीरगंजका मेयरविरुद्ध प्रदर्शन गर्ने ४ जना पक्राउ

काठामाडौँ । नागरिकता किर्ते प्रकरणमा वीरगंजका मेयर राजेशमान सिंहलाई कारबाहीको माग गर्दै प्रदर्शन गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार स्थानीय सर्वसाधारण तथा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरूले वीरगंजको घण्टाघर, माईस्थान, महाविरस्थान, आर्दशनगर लगायतको स्थानमा टायर बालेर प्रदर्शन गरेका थिए । सो क्रममा प्रहरीले चार जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा स्थानीय नवसाद आलम, बरकत अलि, रमजान शेख र अफताब आलम रहेका छन् । 

मेयर राजेशमान सिंहले किर्ते गरी रुबिना श्रेष्ठ नाम गरेकी युवतीलाई नागरिकता दिलाएको विषय सिधाकुराले खुलासा गरेको थियो । त्यसपछि मेयरलाई कारवाहीको माग गर्दै वीरगंजमा निरन्तर बिरोध प्रदर्शन हुँदै आएको छ । 

स्थानीयहरूले शुक्रबार मेयरको किर्ते नदेखेको भन्दै दिउँसै लालटिन बालेर जुलुस निकालेका थिए । कारबाही प्रकृया अगाडि नबढाउने पर्साका प्रहरी उपरिक्षक कुमोद ढुङ्गेल र प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालको पुत्ला दहन गरेको थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...