नेभिगेशन
सबै कुरा

लुम्बिनी प्रदेशका पाँचौ मुख्यमन्त्रीमा महरा, तीन बिना बिभागीय मन्त्रीले पनि लिए सपथ

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आफ्नो पद तथा गोपनियताको सपथ लिएका छन । प्रदेश प्रमुखको कार्यालय बुटवलमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्यमन्त्री महराले मुख्यमन्त्री पद तथा गोपनियताको सपथ लिएका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साथै मुख्यमन्त्री महराको सिफारिसमा प्रदेश प्रमुख शेरचनले आजै प्रदेश सरकारमा थप तीन जना बिना बिभागिए मन्त्री नियुक्त गर्दै सपथ समेत खुवाएका छन् । जसमा नेकपा एमालेका संसदीय दलका उपनेता चेतनारायण आचार्य र सत्तासाझेदार दलहरुबाट भण्डारीलाल अहिर यादव तथा नेकपा माओवादी केन्द्रका सांसद दिपेन्द्र पुन ९सिजल०ले मन्त्री पदको सपथ ग्रहण गरेका हुन । 

Ncell
Extreme Energy

महरालाई एमाले, माओवादी, जसपा, लोसपा, नउपा सहित एक जना स्वतन्त्र सांसदले समर्थन जनाएको महराको दाबी छ । 

लुम्विनी प्रदेशका ४८ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षर सहित मुख्यमन्त्रीको दावी पेश गरेका महरालाई लुम्विनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गत शुक्रवार नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका थिए।  महरालाई एमालेका २९, माओवादीका १०, नाउपाका ४, जसपाका ३, नेकपा एसका १ र स्वतन्त्र १ सांसदले महरालाई समर्थन गरेका छन् । महरा लुम्बिनी प्रदेशका पाँचौ मुख्यमन्त्री हुन् ।

नयाँ सत्ता समिकरणबाट विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा महरा रहेको उनी निकट स्रोतले बताएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।