नेभिगेशन
सबै कुरा

लुम्बिनी प्रदेशका पाँचौ मुख्यमन्त्रीमा महरा, तीन बिना बिभागीय मन्त्रीले पनि लिए सपथ

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आफ्नो पद तथा गोपनियताको सपथ लिएका छन । प्रदेश प्रमुखको कार्यालय बुटवलमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्यमन्त्री महराले मुख्यमन्त्री पद तथा गोपनियताको सपथ लिएका हुन ।

साथै मुख्यमन्त्री महराको सिफारिसमा प्रदेश प्रमुख शेरचनले आजै प्रदेश सरकारमा थप तीन जना बिना बिभागिए मन्त्री नियुक्त गर्दै सपथ समेत खुवाएका छन् । जसमा नेकपा एमालेका संसदीय दलका उपनेता चेतनारायण आचार्य र सत्तासाझेदार दलहरुबाट भण्डारीलाल अहिर यादव तथा नेकपा माओवादी केन्द्रका सांसद दिपेन्द्र पुन ९सिजल०ले मन्त्री पदको सपथ ग्रहण गरेका हुन । 

महरालाई एमाले, माओवादी, जसपा, लोसपा, नउपा सहित एक जना स्वतन्त्र सांसदले समर्थन जनाएको महराको दाबी छ । 

लुम्विनी प्रदेशका ४८ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षर सहित मुख्यमन्त्रीको दावी पेश गरेका महरालाई लुम्विनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गत शुक्रवार नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका थिए।  महरालाई एमालेका २९, माओवादीका १०, नाउपाका ४, जसपाका ३, नेकपा एसका १ र स्वतन्त्र १ सांसदले महरालाई समर्थन गरेका छन् । महरा लुम्बिनी प्रदेशका पाँचौ मुख्यमन्त्री हुन् ।

नयाँ सत्ता समिकरणबाट विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा महरा रहेको उनी निकट स्रोतले बताएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...