नेभिगेशन
बजार

नेक्सजेन म्यानेजमेन्टले काठमाण्डौंमा युवा नवप्रवर्द्धकहरूको भेला गर्ने

नेक्सजेन म्यानेजमेन्टले काठमाण्डौंमा युवा नवप्रवर्द्धकहरूको भेला गर्ने भएको छ । युवाहरुलाई नेपालमै केही गर्न सकिन्छ भन्ने साेच सर्जना गर्न यस्ताे कार्यक्रम गर्न लागिएकाे नेक्सजेन म्यानेजमेन्टले जनाएकाे छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नयाँ वर्ष २०८१ को उपलक्ष्यमा वानेश्वर स्थित आनन्द भुमि बिजनेस सेन्टरमा हुने कार्यक्रममा देशमै सानो पूँजीमा गर्न सकिने थुप्रै कामहरू रहेकोबारे जानकारी दिइने छ ।

Ncell
Extreme Energy

नेक्सजेनका अनुसार सरकारी निकायको झै झमेला तथा बैंक बित्तिय संस्थाबाट सहि सल्लाह र सजिलै कर्जा नपाउँदा देशमा काम गर्ने वातावरण बन्न सकिरहेको छैन । त्यसैले सिप, जाँगर र चाहना हुँदा हुँदै पनि वाध्य भएर युवाहरूको रोजाई विदेश हुन गइरहेको छ ।

यस्तो प्रतिकुल अवस्थामा युवाहरूलाई प्रेरित गर्न र उध्योग ब्यवशाय गर्ने वातावरण बनाउने गरि नेक्सजेनले युवा नवप्रवर्द्धकहरूको भेला गर्न लागेको जानाएको छ। भेलामा युवाहरूको ब्यवसायिक योजनाहरू प्रस्तुत हुने, छलफल गर्ने तथा संभाव्य देखिएका परियोजनाहरू स्थापना र संचालनको लागि बैंक वित्तिय संस्थासंग समन्वय गर्ने काम गरिने जनाईएको छ।

नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स सम्पती ब्यवस्थापन र ब्यवसायिक परामर्श दिने गरि खोलिएको कम्पनी हो । गत फागुनबाट मात्र कम्पनीले सेवा प्रारम्भ गरेको हो । बैशाख ८ गतेको भेला पछि नेक्सजेनले नियमित रूपमा नव प्रवर्द्धक उद्यमीसँग छलफल गरि उनिहरूलाई देशमै बसेर काम गर्ने गरि कार्यक्रम संचालन गर्ने जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बजार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटबाट सञ्चालित उपकरणहरू एनसेलले उद्धार, राहत र पुनर्स्थापना प्रयासमा संलग्न सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरी पहिचान गरिएका महत्त्वपूर्ण र आवश्यक स्थानहरूमा जडान गरिरहेको छ।...
“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

Hi-Res Audio प्रमाणपत्र, Sony LDAC सुविधा र Sony द्वारा समायोजन गरिएको ध्वनिसहित Aura ले सामान्यतया निकै महँगा अन्तर्राष्ट्रिय इयरबड्समा पाइने प्रविधिहरू नेपाली ब्रान्डमार्फत नेपाली उपभोक्तामाझ ल्याएको छ ।...
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

यससँगै प्रभावित क्षेत्रमा थप एक हप्तासम्म एनसेलका भ्वाइस, डेटा र एसएमएस सेवा निःशुल्क उपलब्ध हुनेछन्। यसअघि एनसेलले बाढी आएको दिन भदौ १० गते प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क...
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...

भर्खरै