नेभिगेशन
सबै कुरा

प्रतिनिधिसभा बैठक आजपनि अवरुद्ध, अर्काे बैठक बैशाख २ गते

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सहकारीको रकम अनियमितताका विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले अवरोध गरेपछि स्थगन भएको छ । 

प्रतिपक्षी सांसदहरुले उक्त प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने र संसदस्यीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेर आ–आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले उठेका विषयमा सरकार र सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै बैठक सञ्चालनमा सघाउन आग्रह गरेका थिए । 

तर विपक्षी सांसद्ले बैठक चल्ने नदिने अडान लिएपछि सभामुख घिमिरेले आजका लागि निर्धारित कार्यसूची हटाइ बैठक स्थगन गरेका हुन् । 

प्रतिनिधिसभाको अर्को बैठक आगामी वैशाख २ गते आइतबार बिहान ११ बजे बस्नेछ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...