नेभिगेशन
सबै कुरा

संसदका स्थापित मान्यतालाई धज्जी उडाउँदै कांग्रेसले संसद अवरोध गर्यो : महेश बर्तौला

काठमाडाैँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदका स्थापित मान्यतालाई धज्जी उडाउँदै कांग्रेसले संसद अवरोध गरेको आरोप लगाएका छन् ।

बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले संसदमा विधेयकहरुलाई अघि बढ्न नदिएर कांग्रेसले अलोकतान्त्रिक काम गरेको समेत बताए । उनले आन्दोलनका स्वरुप फेरेर सदनलाई सहज रुपमा चल्ने वातावरण बनाउन आग्रह गरे ।

Global Ime Bank

बर्तौलाले कांग्रेस सरकारमा हुँदा नै सहकारी प्रकरणका कुरा उठेको र त्यस बेला पनि कांग्रेसले बदनियत राखेर अनुसन्धान नगरेको तर्क गरे । सरकारबाट हट्नेबितिकै प्रतिशोध साध्न कांग्रेसले सहकारी प्रकरणमा छानविन समितिको माग राखेको भन्दै उहाले यसको कुनै अर्थ नरहेको स्पष्ट पारे ।

उनले सहकारी पिडितलाई न्याय दिनुपर्नेमा एमालेको स्पष्ट धारणा रहेको भन्दै नीति नियम कानून बनाएर यसको समाधान खोज्नुपर्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई थप पाँच दिनको समय

विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई थप पाँच दिनको समय

बैठकमा शिक्षामन्त्री पन्तले विधेयकमाथिको केहि बुँदामा शिक्षकहरुसंग छलफल गर्नुपर्ने भएकाले केहिदिनको समय माग गरे । उनले विधेयकमाथि सबैको सहमति भए राम्रो हुने भएकाले थप छलफलको आवश्यकता देखिएको उल्लेख...
बालेनले किन भेटे पूर्वराष्ट्रपति भण्डारी ?

बालेनले किन भेटे पूर्वराष्ट्रपति भण्डारी ?

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ। भण्डारीको आग्रहमा मेयर शाह गत बिहीबार (असार १९ गते) उनकै निजी निवास भंगाल पुगेर भेटेका...
किसानलाई मल अभाव हुन नदिन सरकारलाई उद्योग समितिको निर्देशन

किसानलाई मल अभाव हुन नदिन सरकारलाई उद्योग समितिको निर्देशन

बैठकले स्थानीयस्तरमा रसायनिक मलको आवश्यक्ता अनुसार सहज र सर्वसुलभ उपलब्धता सुनिश्चितताका लागि स्थानीय तहमा रसायनिक मलको भण्डारण स्थल निर्माण गर्न समेत निर्देशन दिएको छ । नेपालमा रसायनिक मलको...
पार्टीका नेताहरुको कार्यशैली सुधार गर्नुपर्ने कांग्रेस नेताहरुको माग

पार्टीका नेताहरुको कार्यशैली सुधार गर्नुपर्ने कांग्रेस नेताहरुको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टीका नेताहरुको कार्यशैली सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।