नेभिगेशन
सबै कुरा

लागुऔषधसहित १० कारोबारी पक्राउ

काठमाडौँ । ठूलो परिमाणको लागुऔषधसहित प्रहरीले १० जना कारोबारीलाई पक्राउ गरेको छ । अवैध लागुऔषध खैरो हेरोइन एक सय ९४ दशमलव आठ सय ५० ग्राम, नियन्त्रित लागुऔषध पाँच सय तीन एम्पुल एवं मनोनिपक पदार्थ नाइट्रोभेट एक हजार दुई सय ट्याब्लेटसहित उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको लागुऔषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ । पक्राउ परेकामध्ये दुईजना भारतीय कारोबारीसमेत छन् ।

विशेष सूचनाका आधारमा प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोद्वारा सञ्चालित प्रहरी कारबाहीका क्रममा उनीहरूलाई पक्राउ गरी लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम कारबाही थालिएको ब्यूरोका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए । उनका अनुसार उपत्यकाका विभिन्न क्षेत्रबाट पछिल्लो १० दिनको कारबाही अभियानमा उनीहरु पक्राउ परेका हुन् । 

बूढानीलकण्डबाट मोरङका नवीन धिताल, ललितपुर महालक्ष्मीबाट सप्तरीका परमानन्द मेहता, विकास कार्की, काठमाडौँबाट भारतीय नागरिक विकास कुमार तथा काठमाडौँ चाबहिलबाट सुनसरीका सञ्जय लिम्बू र विकास मण्डललाई पक्राउ परेका छन् । उनीहरु सबैसँग खैरो हेरोइन बरामद गरिएको हो ।

यस्तै नियन्त्रित लागुऔषध नाइट्रोभेट ट्याब्लेट बिक्री गरिरहेको छ भन्ने सूचनाका आधारमा कोटेश्वरस्थित ब्यूरोबाट खटिएको टोलीले काठमाडौँको चन्द्रागिरिबाट धीरजकुमार साह र गोकर्णेश्वरबाट भारतीय नागरिक धीरज कुमार तथा गोकर्णेश्वरबाटै सुरेश तामाङ र छिरिङ तामाङलाई पनि पक्राउ गरिएको ब्यूरोले जानकारी दिएको छ । उनीहरुबाट पनि विभिन्न प्रकारका लागुऔषध बरामद गरिएको छ ।

उनीहरुलाई चैत १० गतेयताको १० दिनको अवधिमा खोजतलास गरी पक्राउ गरिएको र सबैजनामाथि अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
माफियाको जालोमा देश !

माफियाको जालोमा देश !

मैले सुरुमै भनिसकेँ, लहरो तान्दा पहरो थर्किँदै छ । केही बिचौलिया र उद्योगी व्यवसायी मात्रै होइन, सरकारी सेवामा रहेका उच्च पदस्थ कर्मचारीहरु पनि बिमा र पुनर्बिमा कम्पनीमा भएको...
उदयपुरमा २७ केजी गाँजासहित एक जना पक्राउ

उदयपुरमा २७ केजी गाँजासहित एक जना पक्राउ

अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले बिहान करिब ११ः४० बजे सवारी साधन चेकजाँच गर्ने क्रममा अटोमा ल्याइँदै गरेको अवस्थामा २७ किलो गाँजा बरामद गरेको हो। प्रहरीले उक्त...
दीपक भट्ट र सुलभ अग्रवाल थप ७ दिन हिरासतमा

दीपक भट्ट र सुलभ अग्रवाल थप ७ दिन हिरासतमा

आज विपक्षी दीपक भट्ट र सुलभ अग्रवालका तर्फबाट बरिष्ठ अधिवक्ताहरु कृष्ण प्रसाद सापकोटा, सविता भण्डारी बराल, लभ कुमार मैनाली, सुरेन्द्र कुमार महतो तथा अधिवक्ताहरु रमण कुमार श्रेष्ठ, समिर...
विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ

विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ

पक्राउ पर्नेमा रौतहट बौधीमाई नगरपालिका–७ का २५ वर्षीय मिथिलेश कुशवाहा, भोजपुर नगरपालिका–७ का ४४ वर्षीय केदारबहादुर भण्डारी, सप्तरी सुरूङगा नगरपालिका–५ का ५३ वर्षीय रामतुला मियाँ र  भक्तपुर सूर्यविनायक...