नेभिगेशन
सबै कुरा

श्रममन्त्री अर्याल र कतारका राजदूत अन्सारीबीच भेटवार्ता

काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र नेपालका लागि कतारका राजदूत मिशाल विन मोहम्मद एल एई अन्सारी बिच भेटवार्ता भएको छ । उनीहरुबिच मंगलबार मन्त्रालयमै भेटवार्ता भएको हो । 

भेटमा श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सीप विकासमा सहयोग गर्न आग्रह गरेका छन् । ‘हामी सीपयुक्त नेपाली श्रमिक रोजगारीमा पठाउन र नेपाली श्रमिकलाई सीपयुक्त बनाउन चाहन्छौँ । त्यसैले श्रमिकको सीप विकासमा तपाईँहरुको सहयोगको अपेक्षा गर्छौँ,’ मन्त्रीले भने। 

City Express

त्यस्तै, कतारले नेपाली श्रमिकलाई रोजगारीको लागि अवसर दिएकोमा पनि मन्त्री अर्यालले धन्यवाद व्यक्त गरे । ‘कतारले नेपाली श्रमिकलाई समान व्यवहार गरेको छ भन्नेमा म विश्वस्त छु । कतारले मर्यादित र व्यवस्थित श्रमको अभ्यास गरेको छ । जुन प्रसंशनिय छ,’ उनले भने ।

नेपालका लागि कतारका राजदूत अन्सारीले श्रम बजारको हिसाबले नेपाल कतारको दोस्रो ठूलो स्रोत मुलुक भएको बताएका छन् । उनले राजदूत अन्सारीले कतारको विकासमा नेपाली श्रमिकको ठूलो योगदान रहेका कारण नेपाली श्रमिकको सीप विकास लागि कतार सहयोग गर्न सँधै तयार रहेको बताए । ‘नेपाली श्रमिकको सिप विकासका लागि के के  गर्नुपर्छ, प्रस्ताव ल्याउनुहोस । हामी सबै खालको सहयोग गर्न तयार छौँ,’ उनले भने। 

भेटका क्रममा कतार सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको भ्रमण र नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनमा विषयमा पनि छलफल भएको थियो । 

हाल कतारमा तीन लाख ६७ हजार ३ सय ८९ नेपाली श्रमिक छन् । जसमध्ये पुरुषको संख्या तीन लाख ५१ हजार ८ सय ३४ छ भने महिला श्रमिकको संख्या १५ हजार ५ सय ५५ रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

उनले लेखेका छन्, ‘भोलीको र्‍याली स्पष्ट  स्वस्फूर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि...
अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

भोजपुरको साल्पासिलिछो गाउँपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, मोरङको सुनबर्षी नगरपालिका र ओखलढुंगाको सुनकोशी गाउँपालिकाले हालसम्म बजेट सार्वजनिक गर्न सकेका छैन ।
निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलित

निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलित

छ वर्ष बितिसक्दा पनि चौकीडाँडा–फल्टुडे सडक निर्माण व्यवसायीले सम्पन्न नगरेपछि जनप्रतिनिधिहरु आन्दोलमा उत्रिएका हुन् । ठेकेदार कम्पनीको विरोध स्वरुप वडा नम्बर ३, १०, ११ र १२ का जनप्रतिनिधिहरुले...