नेभिगेशन
सबै कुरा

कान्तिपुरकाे समाचारमा रविकाे खण्डन : 'आलु काउली' खाँदा खाँदा वाक्क लाग्याथ्यो। आज 'काउली आलु' आएछ

 काठमाडाैंँ । उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट आफूले कुनैपनि पैसा ननिकालेको प्रष्ट पारेका छन् । सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै लामिछानेले आफ्नाबारे कान्तिपुर लगायत संचारमाध्यममा आएको समाचारलाई इंगित गर्दै ‘आलु काउली’ खाँदा खाँदा वाक्क लाग्याथ्यो।  आज ‘काउली आलु’ आएछ भनेको हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले बुधबार संचारमाध्यममा अभियोगपत्रमा उल्लेख भएको आफ्नो नामलाई जोडेर आएका समाचारलाई खण्डिन गरेका छन् । सँधैभरि आफ्नो नाम जोडेर हैरानी दिने संचारमाध्यमले अभियोगपत्र आउँदासमेत भ्रामक र अतिरंजित बनाएर समाचार छापेको बताएका छन् । ‘के अभियोगपत्रमा मैले गैरकानुनी ऋण लिएको भन्ने पुष्टी भएको छ र? अभियोगपत्रमा गोरखा मिडिया नेटवर्क प्रा.लि.मा तत्कालिन समयमा शेयरधनी रहेको वाहेक रवि लामिछाने भन्ने व्यक्तिले सुप्रिम सहकारी ठगी गरेको भन्ने कुनै प्रमाण कागजातहरूबाट पुष्टी भएको कतै  केही छ  ? म जीबी राई ले ल्याएको लगानीको आम्दानीको श्रोत हेर्ने अधिकारी थिए कि, ऋण माग कर्ता थिए कि, ऋण दिने सहकारीको आधिकारिक ब्यक्ति थिए ? कि म दुई चार करोड ठग ठाग गरेर जीवन धान्न पर्ने हैसियतहिन मान्छे हुँ ?’, लामिछानेले प्रश्न गरेका छन् । 

Ncell
Extreme Energy

त्यस्तै उनले अनुसन्धानले देखाए अनुसार उक्त ऋण खाता खोल्दा नागरिकता, ऋण माग गरेको फाराम, केवाईसी फर्म, तिनपुस्ते विवरण लगायतका कुनै विवरण नहालेको पुष्टि गरिसकेको बताएका छन् । त्यस्तै आफ्नो नाममा लिइएको ऋणमा ल्याप्चे, हस्ताक्षर समेत नभएको र रकम जम्मा गर्ने सहकारीकी तत्कालीन कर्मचारीले समेत कसैले नाम लेखिदिनु भनेको भरमा रबि लामिछानेको नाम लेखिदिएको बताइसकेको परिवेक्षमा आफ्नो नाम जोड्नु नियतवश भएको बताएका छन् । त्यस्तै उनले अभियोगपत्रमा कान्तिपुरकै एक कर्मचारीको समेत नाम जोडिएको तर कान्तिपुरले त्यसलाई नजरअन्दाज गरेकाे समेत बताएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।