नेभिगेशन
सबै कुरा

कान्तिपुरकाे समाचारमा रविकाे खण्डन : 'आलु काउली' खाँदा खाँदा वाक्क लाग्याथ्यो। आज 'काउली आलु' आएछ

 काठमाडाैंँ । उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट आफूले कुनैपनि पैसा ननिकालेको प्रष्ट पारेका छन् । सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै लामिछानेले आफ्नाबारे कान्तिपुर लगायत संचारमाध्यममा आएको समाचारलाई इंगित गर्दै ‘आलु काउली’ खाँदा खाँदा वाक्क लाग्याथ्यो।  आज ‘काउली आलु’ आएछ भनेको हुन् ।

उनले बुधबार संचारमाध्यममा अभियोगपत्रमा उल्लेख भएको आफ्नो नामलाई जोडेर आएका समाचारलाई खण्डिन गरेका छन् । सँधैभरि आफ्नो नाम जोडेर हैरानी दिने संचारमाध्यमले अभियोगपत्र आउँदासमेत भ्रामक र अतिरंजित बनाएर समाचार छापेको बताएका छन् । ‘के अभियोगपत्रमा मैले गैरकानुनी ऋण लिएको भन्ने पुष्टी भएको छ र? अभियोगपत्रमा गोरखा मिडिया नेटवर्क प्रा.लि.मा तत्कालिन समयमा शेयरधनी रहेको वाहेक रवि लामिछाने भन्ने व्यक्तिले सुप्रिम सहकारी ठगी गरेको भन्ने कुनै प्रमाण कागजातहरूबाट पुष्टी भएको कतै  केही छ  ? म जीबी राई ले ल्याएको लगानीको आम्दानीको श्रोत हेर्ने अधिकारी थिए कि, ऋण माग कर्ता थिए कि, ऋण दिने सहकारीको आधिकारिक ब्यक्ति थिए ? कि म दुई चार करोड ठग ठाग गरेर जीवन धान्न पर्ने हैसियतहिन मान्छे हुँ ?’, लामिछानेले प्रश्न गरेका छन् । 

त्यस्तै उनले अनुसन्धानले देखाए अनुसार उक्त ऋण खाता खोल्दा नागरिकता, ऋण माग गरेको फाराम, केवाईसी फर्म, तिनपुस्ते विवरण लगायतका कुनै विवरण नहालेको पुष्टि गरिसकेको बताएका छन् । त्यस्तै आफ्नो नाममा लिइएको ऋणमा ल्याप्चे, हस्ताक्षर समेत नभएको र रकम जम्मा गर्ने सहकारीकी तत्कालीन कर्मचारीले समेत कसैले नाम लेखिदिनु भनेको भरमा रबि लामिछानेको नाम लेखिदिएको बताइसकेको परिवेक्षमा आफ्नो नाम जोड्नु नियतवश भएको बताएका छन् । त्यस्तै उनले अभियोगपत्रमा कान्तिपुरकै एक कर्मचारीको समेत नाम जोडिएको तर कान्तिपुरले त्यसलाई नजरअन्दाज गरेकाे समेत बताएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...