नेभिगेशन
सबै कुरा

काठमाडौँका संस्थागत विद्यालयले फेर्न थाले अंग्रेजी नाम, अटेर गर्ने १ सय ४९ विद्यालयको भर्ना रोक्ने तयारी

काठमाडौँ । काठमाडौँमा अंग्रेजी नाममा सञ्चालित संस्थागत विद्यालयहरुले नाम परिवर्तन गर्न सूरु गरेका छन् । काठमाडौँ महानगरपालिकाले शिक्षा नियमावलीमा भएको व्यवस्था अनुसार नेपालीपन झल्किने मौलिक नाम राख्न सूचना जारी गरेको थियो । महानगरले चैत २७ गतेसम्म अंग्रेजी नाममा परिवर्तनको प्रक्रिया सुरु गरी महानगरको शिक्षा विभागमा जानकारी गराउन भनेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानगरले दिएको एक साताको म्याद सकिएको छ । महानगर शिक्षा विभागका अनुसार तोकिएको समयभित्र केही विद्यालयले नाम परिवर्तनको प्रक्रिया सुरु गरेका छन् भने केहीले महानगरेको सूचना अटेर गरेका छन् । 

CG

शिक्षा विभागले सार्वजनिक सूूचना प्रकाशनसँगै संस्थागत विद्यालयहरुलाई पत्र पनि पठाएको थियो । महानगरभित्र हाल सञ्चालनमा रहेका ५ सय १२ विद्यालयमध्ये अंग्रेजी नाम भएका ३ सय ५० वटा संस्थागत विद्यालयलाई विद्यालयको नाममा परिवर्तनका लागी पत्र पठाएको थियो । जस मध्ये २ सय १ विद्यालय महानगरको सम्पर्कमा आएका छन् भने १ सय ४९ विद्यालयले महानगरको पत्र तथा सूूचनाको अवज्ञा गरेका छन् । अवज्ञा गर्ने अधिकांस नाम चलेका ठुला विद्यालय रहेका छन् । 

सम्पर्कमा आएका मध्ये २३ विद्यालयले पुुरानै नामलाई स्वीकृत गरिदिन निवेदन दिएका छन् । उनीहरुले विद्यालयको ब्राण्ड भ्याल्यूमा नै असर गर्ने भन्दै पुरानै नामलाई मान्यता दिन आग्रह गरेका छन् । तर महानगर भने शिक्षा नियमावली २०५७ तथा महानगरको शिक्षा व्यवस्थापन नियमवाली २०७४ कार्यान्वयनमा लागेकाले नियममा भएको व्यवस्था भन्दा फरक नाममा भएका विद्यालयले अनिवार्य नाम परिवर्तन गर्नुुपर्ने अडानमा रहेको शिक्षा विभागका एक कर्मचारीले बताए । 

यस्तै ९७ संस्थागत विद्यालयले भने नाम परिवर्तन गर्ने प्रतिवद्धता जनाएका छन् । महानगरमा औपचारीक रुपमै नाम परिवर्तनको प्रक्रिया सुरु गरेको जनाएका हुन् । 

यस्तै ८१ वटा विद्यालयले भने नेपालीपन झल्कीने मौलिक नामहरु प्रस्ताव समेत गरेका छन् । महानगर स्रोतका अनुसार विद्यालयले नै केही विकल्पसहित नामहरु प्रस्ताव गरेका छन् भने केही विद्यालयले नाम टुंगो नै लगाएर महानगरमा पठाएका छन् । महानगरमा अस्फोडेल पब्लिक स्कुलले नाम परिवर्तनका लागि ३ वटा विकल्प पठाएको थियो । मण्डला माध्यामिक विद्यालय, कादम्बरी माध्यामिक विद्यालय तथा मन्दिप विद्यालयमध्ये एक नाममा राख्न सकिने प्रस्ताव गरेको थियो । जस मध्ये महानगरले मण्डला माध्यामिक विद्यालय राख्न सुुझाव दिएको छ । यस्तै प्याराडाइम पब्लिक स्कुुलले नाम फेरेर ज्ञानशाला स्कुल राख्ने भएको छ । 

नाम परिवर्तन गर्नुपर्ने कानुनी आधार  

शिक्षा नियमावली २०५९ (नवौँ संसोधन) को परिच्छेद २७ अन्र्तगत १५४ मा रहेको विद्यालयको नामाकरण सम्बन्धी व्यवस्थामा समाज तथा राष्ट्रका लागि नै उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवदेवी, तीर्थस्थल वा प्राकृतिक  सम्पदाको नामबाट नेपालीपन झल्किने गरी विद्यालयको नामाकरण गर्न सकिने व्यवस्था गरेको छ । 

यस्तै काठमाडौँ महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ ले शिक्षा नियमावली २०५९ मा भएको व्यवस्थासँगै नामाकरणमा थप स्पष्ट पारेको छ । महानगरको शिक्षा व्यवस्थापन नियमवाली २०७४ अनुसार, २०७४ अघि नियम विपरित नामाकरण भैसकेका विद्यालयले नियम लागू भएको दोस्रो शैक्षिक सत्रको सुुरुदेखि नै लागू हुनेगरी पुनः नामाकरण गर्न चाहेमा महानगरपालिकबाट स्वीकृति लिनुपर्ने भनेको छ । 

यस्तै विद्यालयले नामको पछि स्कुल वा पाठशाला जोड्नुपर्ने व्यवस्था गरेको छ । तर यो उपनियम लागू हुनु अगाबै यस नियम विपरितका शव्दहरू जोडेर नामाकरण भै सकेका विद्यालयको हकमा यो नियमावली जारी भएपछिको दोश्रो शैक्षिक–सत्रको सुरु देखि नै लागू हुनेगरी उपर्युक्त व्यवस्था पालना गर्न वा पुनः नामाकरण गर्नुपर्नेछ भन्ने व्यवस्था गरिएको छ । 

शिक्षा नियमावलीमा भएको व्यवस्थालाई यसअघि शिक्षा मन्त्रालय तथा काठमाडौँ महानगरपालिकाले नै बेवास्ता गर्दै आएको थियो । तर यस पटक पनि विद्यालय सुधारको योजनामा नामाकरण सम्बन्धी व्यवस्थालाई पनि हेरिएको महानगरले जनाएको छ । 

यसअघि कानुनमा भएपनि ३ सय ५० भन्दा धेरै संस्थागत विद्यालयले कानुनको पालना गरेका थिएन् । 

अटेरी गर्नेको भर्ना प्रक्रिया रोक्ने तयारी 

महानगरको पत्रअनुसार चैत २७ गतेसम्म विद्यालयको नाम परिवर्तन गर्ने प्रक्रिया सुरु नगर्ने विद्यालयलाई कानुनी कारबाहीको तयारी भएको शिक्षा विभागले जनाएको छ । विद्यार्थी भर्नाको समय चलिरहेकाले औपचारिक अनौपचारिकरुपमा ताकेता गरिएको छ । तर नाम परिवर्तन गर्न नचाहने  ठुला विद्यालयहरुमा केही दिनमा भर्ना प्रक्रिया नै रोक्ने तयारी भएको महानगर स्रोतले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धर्मसँग जोडेर गलत प्रचार गरेको भन्दै डा.स्वर्णिम वाग्लेले दिए साइबर ब्यूरोमा निवेदन

धर्मसँग जोडेर गलत प्रचार गरेको भन्दै डा.स्वर्णिम वाग्लेले दिए साइबर ब्यूरोमा निवेदन

‘आफूले सार्वजनिक रूपमा कहिल्यै नबोलेका र नलेखेका विषयलाई मनगढन्ते रूपमा प्रस्तुत गरी फेसबुक र एक्स (पूर्व ट्विटर) जस्ता सामाजिक सञ्जालमा व्यापक प्रचार–प्रसार गरिएको छ,’ वाग्लेले उजुरीमा भनेका छन्...
प्रतिनिधिसभा निर्वाचनतर्फ सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार

प्रतिनिधिसभा निर्वाचनतर्फ सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार

प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटका अनुसार यहाँ सबैभन्दा बढी कैलालीमा ११, कञ्चनपुरमा छ र डोटीमा एक जना महिला आसन्न निर्वाचनमा होमिएका छन् । सुदूरपश्चिममा कूल २१० जनाको...
गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

रास्वपाले गण्डकी प्रदेशका १७ मध्ये १७ वटा सिटमा मात्रै उम्मेदवार उठाएको छ।
धादिङ २ एमाले टिकटमा लफडा: पहिले घलेबाट चन्द्रले खोसे, अहिले चन्द्रबाट घलेले

धादिङ २ एमाले टिकटमा लफडा: पहिले घलेबाट चन्द्रले खोसे, अहिले चन्द्रबाट घलेले

एमालेले फेरि धनबहादुर घलेलाई नै आफ्नो उम्मेदवार बनाएको छ । एमालेले आइतबार घलेलाई क्षेत्र नम्बर २ बाट टिकट दिएको थियो तर, मंगलबार घलेको टिकट खोसेर एमाले चन्द्र रिजाललाई...