नेभिगेशन
सबै कुरा

एसीसी प्रिमियर कप : नेपालकाे लगातार चाैथाे जीत

काठमाडाैँ । ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा नेपालले साउदी अरेबियालाई ६ विकेटले हराएको छ । ओमानको अल अमेरत खेल मैदानमा भएको खेलमा नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउँदै निर्धारिध लक्ष्य भेट्याएको हो । 

वर्षाले प्रभावित भएपछि २० ओभरबाट आठ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले निर्धारित आठ ओभरमा सात विकेटको क्षतिमा ७३ रन बनाएको थियो । उक्त लक्ष्य नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । 

नेपालका लागि गुल्सन झाले नटआउट सर्वाधिक ३२ रन र कप्तान रोहितकुमार पौडेलले १६ रन बनाएका हुन् ।

समूह ‘ए’मा रहेको नेपालले यसअघिका तीन वटै खेलमा जित हात पारेको थियो । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेट, दोस्रो खेलमा कतारलाई ३२ रन र तेस्रो खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो ।

नेपालले चाैथाे खेलमा साउदीसँग जीत हात पारेसँगै समूह ए बाट सबै खेलमा जित हात पार्दै नेपाल सेमिफाइनलमा पुगेको छ । नेपालले शुक्रबार समूह बी को उपविजेतासँग सेमीफाइनल खेल्नेछ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
टप एण्ड टी–२० सिरिज खेल्ने क्रिकेट टोलीको फिटनेस र फिजिकल टेष्ट (तस्विरहरु)

टप एण्ड टी–२० सिरिज खेल्ने क्रिकेट टोलीको फिटनेस र फिजिकल टेष्ट (तस्विरहरु)

१६ सदस्यीय नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह,...
एनपिएल अक्सनमा १५० खेलाडीको अन्तिम सूची घोषणा, यी हुन् ‘ए’ र ‘बि’ ग्रेडमा परेका खेलाडी

एनपिएल अक्सनमा १५० खेलाडीको अन्तिम सूची घोषणा, यी हुन् ‘ए’ र ‘बि’ ग्रेडमा परेका खेलाडी

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज सार्वजनिक गरेकोे सूचीमा ४५८ जना खेलाडीले दर्ता गरेकामा ती खेलाडीको अन्तिम सूची घोषणा गरेको छ । एनपिएलमा सहभागी आठ टोलीले इच्छाएका तथा क्यानको...
मूलपानीस्थित कार्यालयमा क्यानको बोर्ड बैठक सुरु

मूलपानीस्थित कार्यालयमा क्यानको बोर्ड बैठक सुरु

एनपीएलको पहिलो संस्करण, सोको आर्थिक विवरण पेस हुने बताइएकाे छ । पहिलो संस्करणको हिसाव पारदर्शी नभएको भन्दै असन्तुष्ट पक्षले हिसाब अनुमोदन नगर्ने बताउँदै आएका छन् ।
नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

यही जुलाई २१ देखि अगष्ट ३ तारिखसम्म भारतको बेङ्लुरुस्थित नेसनल क्रिकेट एकेडेमीमा प्रशिक्षण शिविर आयोजना गरिने उक्त शिविरमा २० खेलाडी सहभागी हुने नेपाल क्रिकेट सङ्घ ९क्यान० ले जनाएको...