नेभिगेशन
सबै कुरा

एसीसी प्रिमियर कप : नेपालकाे लगातार चाैथाे जीत

काठमाडाैँ । ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा नेपालले साउदी अरेबियालाई ६ विकेटले हराएको छ । ओमानको अल अमेरत खेल मैदानमा भएको खेलमा नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउँदै निर्धारिध लक्ष्य भेट्याएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वर्षाले प्रभावित भएपछि २० ओभरबाट आठ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले निर्धारित आठ ओभरमा सात विकेटको क्षतिमा ७३ रन बनाएको थियो । उक्त लक्ष्य नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । 

Ncell
Extreme Energy

नेपालका लागि गुल्सन झाले नटआउट सर्वाधिक ३२ रन र कप्तान रोहितकुमार पौडेलले १६ रन बनाएका हुन् ।

समूह ‘ए’मा रहेको नेपालले यसअघिका तीन वटै खेलमा जित हात पारेको थियो । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेट, दोस्रो खेलमा कतारलाई ३२ रन र तेस्रो खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो ।

नेपालले चाैथाे खेलमा साउदीसँग जीत हात पारेसँगै समूह ए बाट सबै खेलमा जित हात पार्दै नेपाल सेमिफाइनलमा पुगेको छ । नेपालले शुक्रबार समूह बी को उपविजेतासँग सेमीफाइनल खेल्नेछ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो।
आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

नेपालले ३३ खेलमा ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ । नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ । त्यस्तै नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ ।
एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

नेपाल क्रिकेट संघ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुटेको छ । एनपिएलको मिति नजिकिएसँगै क्यान अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट अन्तर्राष्ट्रिय मान्यता पाउने...
दसैँलगत्तै एनपिएल, यसपालि दर्शकका लागि विशेष व्यवस्था

दसैँलगत्तै एनपिएल, यसपालि दर्शकका लागि विशेष व्यवस्था

एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ ।