नेभिगेशन
सबै कुरा

गृहमन्त्रीसामु डाँको छोडेर रुँदै रामहरि श्रेष्ठ पत्नी भन्छिन्, ‘न्यायको आश पलायो तर असुरक्षित महसुस गरेको छु’

काठमाडाैँ । तत्कालीन विद्राही माओवादीद्वारा हत्या गरिएका कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठकी पत्नीले रमिलाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई भेटेकी छिन् । सिंहदरबारस्थित गृहमन्त्रीसँगको भेटमा डाको छोडेर रुँदै उनले न्यायको आश पलाएको बताएकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पतिको हत्या अभियोग लागेका माओवादी पूर्वकमाण्डर कालीबहादुर खामलाई पक्राउ गरि पूर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएपछि न्याय पाउनेमा आशा पलाएको उनले बताइन् । ‘न्यायको आश मरिसकेको थियो । तपाईंबाट आशा पलाएको छ ।’, उनले थपिन, ‘श्रीमान फिर्ता त पाउँदिन तर न्याय पाउँ, अपराधी न उम्कियोस् ।’

Ncell
Extreme Energy

त्यस्तै उनले पछिल्लो समय श्रीमान हत्यामा संलग्न रहेकाहरु पक्राउ पर्न थालेपछि आफूलाई धम्की आउन थालेको बताएकी छिन् । गृहमन्त्री लामिछानसँग सुरक्षा माग गर्दै उनले भनिन्, ‘असुरक्षित महसुस गरेको छु । डर धम्की आएका छन् । सुरक्षा प्रदान गरिदिनुहोस् ।’

भेटका क्रममा गृहमन्त्री लामिछानलेले पद र ओहोदाका कारण कसैले छुट नपाउने र सबैलाई कानुनअनुरुप कारबाही हुने विश्वास दिलाएका छन् । ‘पद र राजनीतिक ओहोदाका कारण कसैले छुट पाउँदैनन् ।’, श्रेष्ठ पत्नी रमिलासँग उनले भने, ‘तपाईँले न्याय पाउनुहुन्छ । ढुक्क हुनुस्, कानुनभन्दा माथि कोही हुन्न ।’

त्यस्तै भेटका क्रममा रामहरी श्रेष्ठका छोरा रोहनले अपराध गर्नेहरुले पद र पावरका भरमा उन्मुक्ति पाउँदै आएका र यो मुद्दामा पनि त्यस्तै हुन नदिन गृहमन्त्रीलाई आग्रह गरेका छन् । 

२०६५ साल वैशाख १५ गते व्यवसायी रामहरी श्रेष्ठको अपहरणपछि हत्या भएको थियो । श्रेष्ठको हत्याका प्रमुख योजनाकार भनिएका १५ वर्षदेखि फरार कालीबहादुुर खाम गत चैत २० गते पक्राउ परेका थिए । 

नेकपा माओवादीको लडाकुका पूर्व डिभिजन कमाण्डर र हाल सुरक्षा विभागका सदस्य समेत रहेका उनलाई चितवन जिल्ला अदाललते पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।