नेभिगेशन
सबै कुरा

एसिसी प्रिमियर कप : फाइनल प्रवेशका लागि नेपाल र युएई भिड्दै

काठमाडाैँ । एसिसी प्रिमियर कप ट्वान्टी २० क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ए का ४ वटै खेलमा विजयी भएको नेपालले आज सेमिफाइनल खेल्दै छ । ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्ने भएको हो ।

समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको नेपाल र समूह बी को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको युएईबिच नेपाली समयअनुसार दिनको पौने १२ बजेदेखि खेल सुरू हुनेछ।

CG

यसअघिका खेलमा नेपालले मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको थियो । उता समूह बी अन्तर्गत रहेको युएईले कुवेतलाई ७ विकेट, बहराइनलाई ३७ र कम्वोडियालाई ९ विकेटले हराएको थियो भने ओमानसँग नौ विकेटको हार व्योहोरेको थियो।

अन्तर्राष्ट्रिय ट्वान्टी २०मा नेपाल र युएईबिच हालसम्म ९ खेल भएका छन्, जसमा नेपालले ५ र युएईले ४ खेलमा जीत हात पारेका छन् । 

त्यस्तै दोस्रो सेमिफाइनल आजै ओमान र हङकङबीच हुँदैछ । यो खेल अपराहन्न ४ :१५ बजेदेखि शुरु हुने छ ।

यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी-२० एशिया कपमा खेल्न पाउने छ भने शिर्ष तीन देश एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनौट हुने छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

अन्य ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न सकेनन् । अफगानिस्तानका जाइटुल्लाह शाहिनले तीन विकेट लिए भने अब्दुल अजिज र नुरिस्तानी ओमरजाई र वहिदुल्लाह जाद्रानले समान दुई/दुई विकेट हात पारे ।
एनपीएलको सफल आयोजनापछि क्यानलाई आइसिसीको बधाई

एनपीएलको सफल आयोजनापछि क्यानलाई आइसिसीको बधाई

एनपिएलको दोस्रो संस्करण सफलतापूर्वक आयोजना गरी सम्पन्न गरेकामा आइसीसी अध्यक्ष शाहले क्यानका अध्यक्ष चन्दलाई पत्राचार गर्दै बधाई दिएका हुन् ।
यु–१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य

यु–१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य

नेपालले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ३१ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३० रन बनायो । नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक ३० रन...
लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।