नेभिगेशन
सबै कुरा

एसिसी प्रिमियर कप : नेपालले युएईलाई दियो १ सय २० रनको लक्ष्य

काठमाडाैँ । एसिसी प्रिमियर कप ट्वान्टी २० क्रिकेट प्रतियोगिताअन्तर्गत सेमिफाइनल खेलमा नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । सुक्रबार ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा भएको खेलमा नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २० रनको लक्ष्य दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार भएको खेलमा नेपालका लागि सर्वाधिक सन्दीप जोराले ५० रन, गुल्सन झाले २०, करण केसीले १७ रन बनाएका हुन् । 

Ncell
Extreme Energy

टस जितेर बलिङ रोजेको युएईले पहिलो बलमै ओपनर कुशल भुर्तेललाई आउट गराएको थियो । फास्ट बलर जुनैद सिद्दिकको बलमा विकेटकिपर हैदरबाट भुर्तेल क्याच आउट भएका हुन् ।

समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको नेपाल र समूह बी को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको युएईबिच नेपाली समयअनुसार दिनको पौने १२ बजेदेखि खेल सुरू भएको थियो ।

यसअघिका खेलमा नेपालले मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको थियो । उता समूह बी अन्तर्गत रहेको युएईले कुवेतलाई ७ विकेट, बहराइनलाई ३७ र कम्वोडियालाई ९ विकेटले हराएको थियो भने ओमानसँग नौ विकेटको हार व्योहोरेको थियो।

अन्तर्राष्ट्रिय ट्वान्टी २०मा नेपाल र युएईबिच हालसम्म ९ खेल भएका छन्, जसमा नेपालले ५ र युएईले ४ खेलमा जीत हात पारेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो।
आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

नेपालले ३३ खेलमा ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ । नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ । त्यस्तै नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ ।
एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

नेपाल क्रिकेट संघ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुटेको छ । एनपिएलको मिति नजिकिएसँगै क्यान अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट अन्तर्राष्ट्रिय मान्यता पाउने...
दसैँलगत्तै एनपिएल, यसपालि दर्शकका लागि विशेष व्यवस्था

दसैँलगत्तै एनपिएल, यसपालि दर्शकका लागि विशेष व्यवस्था

एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ ।