नेभिगेशन
सबै कुरा

जसपाबाट समानुपातिक सांसद बनेकी खानद्वारा सपथ ग्रहण

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य हसिना खानले पद तथा गोपनीयताको सपथ लिएकी छिन् । जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट समानुपातिक सांसद बनेकीले उनलाई सभामुख देवराज घिमिरे सपथ गराएका हुन् । सभामुख घिमिरले सांसद खानलाई सांसद अङ्कित प्रतीक चिन्ह (लोगो) र खादा ओडाएर बधाई ज्ञापन गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सांसद खान जनता समाजवादी पार्टीबाट समानुपातिक सांसद बनेकी हुन् । केही समयअघि सो पार्टीका मञ्जु अन्सारी शर्माको निधन भएपछि सांसद खान निर्वाचित भएको जानकारी निर्वाचन आयोगले संसद सचिवालयलाई जानकारी गराएको थियो । 

Ncell
Extreme Energy

जसपाको सिफारिस र आयाेगकाे जानकारीका आधारमा सभामुखले उनलाई शुक्रबार सिंहदरबारमा सपथ गराएका हुन् ।

सङ्घीय संसदको कानुनबमोजिम कुनै पनि नवनिर्वाचित सदस्यले बैठकमा भाग लिनु अघि सभामुख समक्ष पद तथा गोपनीयताको सपथ लिनुपर्ने कानुनी व्यवस्था  छ । सो अवसरमा सचिवालयको तर्फबाट सङ्घीय संसदका महासचिव पद्यप्रसाद पाण्डेयले बधाई तथा शुभकामना व्यक्त गर्दै संसद सचिवालयद्वारा उपलब्ध गराउने नेपालको संविधान, संसद नियमावलीलगायत अन्य कानुन कागजातहरु उपलब्ध गराएका छन् ।

स्नातक तहसम्म अध्ययन गरेकी सांसद खान २९ वर्षकी भइन् । सपथ लिएपछि उनले भनिन्, “सांसदलाई कानुन तोकेको जिम्मेवारी पूरा गर्न र खासगरी महिलाको मुद्धा प्रभावकारी रुपमा उठाउने प्रयन्त गर्नेछु ।”  





प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।