नेभिगेशन
सबै कुरा

युगपछि उदाएकाे युवा पुस्तालाई अझ शसक्त बनाउन इलाममा मिलन लिम्बुलाई पठाएका हौँ : रवि लामिछाने

इलाम । उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले परिवर्तनको हुटहुटी बोकेर देश बनाउने अभिभारा बोकेर उदाएको युवा पुस्तालाई थप शसक्त बनाउनका लागि इलाममा मिलन लिम्बुको उम्मेदवारी भएको बताएका छन् । इलाम–२ को चुनावी सभालाई सम्बोधन गर्दै उनले लामो समय नेतृत्व गरिसकेको पुस्ताले देशलाई खोक्रो बनाएको त्यहि देशको मुहार फेर्न आफूहरु र मिलन लिम्बुहरु उदाएको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यक्रममा बोल्दै गिरोहले चाहेअनुरुप गलत बाटोमा हिँड्न नसक्दा आफूहरुमाथि घेराबन्दी भएको र त्यहि घेराबन्दी तोड्न युवाहरु अझ शसक्त बनाउनुपर्ने भएकाले रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाएको बताएका छन् । ‘यदि उनीहरुले चाहेको जस्तो गलत बाटोमा लागेको भए, कुरितिलाई पछ्याएको भए, राजनीतिलाई मागिखाने भाँडो बनाएको भए यतिधेरै षडयन्त्र र घेराबन्दीको सामना गर्नुपर्ने थिएन ।’, लामिछानेले थपे, ‘तर हामीलाई हार मान्ने छुट छैन । यो व्यक्तिको कुरा होइन्, यो पुस्ताको कुरा हो । बल्लबल्ल तपाईँहरुले युवा पुस्ता पाउनुभएको छ । त्यो पुस्तालाई अझ शसक्त बनाउन हामी तपाईँहरुसामु आएका छौँ । हामीलाई विश्वास छ, तपाईँले यो पुस्तालाई माया गर्नुहुनेछ र शसक्त बनाउनुहुनेछ ।’

Ncell
Extreme Energy

त्यस्तै सभापति लामिछानलेले इलाममा आफूले भोट माग्नुभन्दा पनि त्यहाँका नागरिकले त्यहाँको अवस्था हेरेर भोट दिने निक्र्यौल गर्ने बताए । यत्तिका समय अन्य राजनीतिक दलले नेतृत्व गर्दा इलामको अवस्था परिवर्तन गर्न नसकेका कारण आफूहरु आउनपरेको उनले बताए । ‘इलाममा यति लामो समय के भएको छ भन्ने कुरा कसैले भन्नै पर्दैन, इलामबासीले भोगीरहेका छन् । यहाँका बाटोमा हेरे हुन्छ, स्वास्थ्य चौकी, अस्पताल, विद्यालय, भौतिक पूर्वाधार हेरे हुन्छ अनि यहाँ वर्षौँदेखि शासन गरिरहेका नेता हेरे हुन्छ अनि विवेक प्रयोग गरेर भोट दिए हुन्छ ।’, लामिछानेले भने । 

त्यस्तै उनले विभिन्न संचारमाध्यमहरुले संगठित रुपमा आफूहरुलाई घेराबन्दीमा पार्न भ्रमपूर्ण समाचार छाप्ने गरेको र इमानको परिचय बोकेर हिँडेको आफूलाई त्यस्ले केही फरक नपार्ने बताएका छन् । ‘मलाई पत्रिकामा के लेखिन्छ थाहा छैन किनकि यो देशको इतिहास लेख्ने जिम्मेवारी बोकेर हिँडेका मान्छे हौँ । पत्रिका आज छापिन्छ, इतिहास भोली छापिन्छ । हाम्रो चिन्ता आजको होइन भोलीको हो । आज के लेखिन्छ हामीलाई फरक पर्दैन ।’, सभापति लामिछानेले भने । 

आगामी बैसाख १५ हुने उपनिर्वाचनका लागि विभिन्न राजनीतिक दलका नेताहरु यतिबेला इलाम केन्द्रीय भएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।