नेभिगेशन
सबै कुरा

चुनावमा पैसा बाँड्न आउनेको फोटो खिचेर पठाउनु, निर्मम कारबाही हुन्छः गृहमन्त्री लामिछाने

इलाम । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनमा पैसा बाँड्न आउनेको फोटो खिचेर पठाउन मतदातालाई आग्रह गरेका छन् । शनिबार इलामको फाकफोकथुममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको चुनावी सभामा बोल्दै लामिछानेले चुनावका बेला  पैसा बाँड्नेलाई कडा कारबाही गरिने बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने ‘अन्तिम समय, मौन अवधि पनि आउँदै छ। कसैले पैसा दिन खोज्यो भने साइटबाट यसो फोटो खिचेर गृह मन्त्रालयमा पठाइदिनुहोला। २४ घण्टाभित्र त्यसलाई कारबाही गर्छौँ’, उनले भने, ‘नागरिकलाई सचेत गराउन चोकचोक गौँडागौँडामा खटिनुहोला। पैसाका पोको बोकेर गाउँ छिर्नेहरूलाई त्यही पोकोमा पोको पारेर हिरासतमा पठाउने केके गर्नुपर्छ, कतिवटा गाडी चाहिन्छ गृह मन्त्रालयमा भन्नुहोला, देशको भविष्य पैसामा किन्न खोज्नेहरूलाई निर्मम कारबाही हुन्छ।’

Ncell
Extreme Energy

यस्तै लामिछानेले मतदात लाई सर्तसहित घण्टीमा मतदान गर्न आग्रह गरे । मतदाताले राख्ने जनपक्षीय जुनसुकै सर्त पार्टी र उम्मेदवारले स्वीकार गर्ने भन्दै जनपक्षीय हरेक सर्तमा ल्याप्चे लगाउन रास्वपा तयार भएकाले मतदाता पनि परिवर्तनका लागि तयार हुनु पर्ने बताए । 

यस्तै उनले मत परिवर्तन गर्न आग्रह गरे । उनले भने 'पुराना दलमा आवद्ध हुनुहुन्छ, ती दलमा केही योगदान पनि गर्नु भएको होला, माया लाग्ला। तिनलाई माया गरिराख्नुस्। भोट चाहिँ घण्टीमा दिनुस्। घण्टीमा भोट दिन रास्वपा भइरहनु पर्दैन। इलामको अवस्था परिवर्तन गर्ने हो भने मत पनि परिवर्तन गर्नुस्'। 

साथै आफ्ना उमेद्वारले जितेर जनचाहाना अनुसार काम नगरे २०८४ सालमा घण्टीलाई गाउँ नै छिर्न नदिन आग्रह गरे । 

लामिछानेले उपप्रधान एवं गृहमन्त्रीका रुपमा मौन अवधिमा हुने आचारसंहिताका गतिविधि नियन्त्रण गर्न सुरक्षाकर्मीलाई समेत निर्देशन दिदै लामिछानेले मत प्रभावित पार्न पैसाको पोको लिएर कोही आउनेहरुलई पोकै पारेर कानूनको जिम्मा लगाइदिन आग्रह समेत गरे । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।