नेभिगेशन
सबै कुरा

जाँचबुझ आयोगले सार्वजनिक पदमा बस्न अयोग्य भनेकालाई कारबाही गर्न शिक्षा मन्त्रालयको ताकेता

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग, २०७४ को प्रतिवेदनबाट कारबाही सिफारिस भई हाल विभिन्न विश्वविद्यालय र अन्य निकायहरूमा कार्यरत व्यक्तिहरूलाई कारबाही प्रक्रिया अघि बढाएको छ। प्रतिवेदनमा कारबाही सिफारिस गरिएका कतिपय व्यक्तिहरू अहिले पनि विभिन्न विश्वविद्यालय र सार्वजनिक निकायमा कार्यरत छन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रालयले चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयलाई प्रतिवेदनले कारबाही सिफारिस गरेका कोही व्यक्तिहरू ती संस्था कार्यरत भएमा कारबाही अघि बढाउन पत्राचार गरेको हो। उक्त प्रतिवेदनमा समावेश भएका व्यक्तिहरूमाथि कारबाही प्रक्रिया अघि बढाउन सबै विश्वविद्यालयहरूलाई जानकारी गराइदिन विश्वविद्यालय अनुदान आयोगलाई समेत मन्त्रालयले छुट्टै पत्र पठाएको छ।

Ncell
Extreme Energy

कारबाही सिफारिस भएका व्यक्तिमाथी आवश्यक छानबिन गर्न मन्त्रालयले यसअघि नै प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइसकेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले प्रतिवेदनका सिफारिस र सुझावहरू कडाइका साथ कार्यान्वयन गर्न र कानुनबमोजिम कारबाही गर्न मातहतका निकायहरुलाई निर्देशन दिएकी छिन् । 

नेपाल सरकारले २०७४ साल वैशाख ४ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग, २०७४’ गठन गरेको थियो। उक्त आयोगले २०७४ साल माघ ११ गते ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन, २०७४’ तत्कालीन प्रधानमन्त्रीसमक्ष पेश गरेपनि सार्वजनिक भएको थिएन।

उक्त प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आवश्यक कार्यार्थ प्राप्त भएको ६ वर्ष पछि गत चैत्र २८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार सार्वजनिक गरिएको हो। प्रतिवेदन सार्वजनिक भएपछि त्यहाँ समावेश भएका विषयका सम्बन्धमा कारबाही अघि बढाउन सकिने भनेर २०७५ चैत्र ५ गतेको  कानुन मन्त्रालयको रायसमेतका आधारमा शिक्षा मन्त्रालयले कारबाही अघि बढाएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

प्रस्तावित नयाँ व्यवस्थाअनुसार अब स्थायी सेवा अवधि 'एक वर्ष पूरा भएका' र अनिवार्य अवकाश हुन 'एक वर्षभन्दा बढी समय बाँकी रहेका' शिक्षकले एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

विश्वविद्यालयका रजिस्ट्रार प्रा डा सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको...