नेभिगेशन
सबै कुरा

सात महिनाअघि श्रीमतीकाे हत्या गरेर फरार बनेका श्रीमान् र जेठाजु पक्राउ

धनुषा । धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र जेठाजु पक्राउ परेका छन् । सात महिनाअघि श्रीमतीको हत्या गरी फरार रहेका दुवैजनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पर्नेमा धनुषाको सहिदनगर नगरपालिका–७ नेमुवाटोलका ५५ वर्षीय सुदीप ठाकुर र ६० वर्षीय उदित ठाकुर रहेका छन् । दुवैमाथि ४५ वर्षीया रेखादेवी ठाकुरको हत्या गरेको आरोप छ । पक्राउ परेका सुदीप रेखादेवीका श्रीमान् तथा उदित जेठाजु रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जन अवालेले जानकारी दिए। 

Ncell
Extreme Energy

गत वर्ष कात्तिक १० गते रेखादेवीको उनका श्रीमान् सुदीपसँग विवाद भएको थियो । श्रीमानले बञ्चरोले टाउकोमा प्रहार गरेपछि रेखादेवीको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको भोलिपल्ट सुदीपले आफ्नै घरभित्र खाल्डो खनी रेखादेवीको शव पुरेका थिए । उनले घटनाबारे सहोदर दाजु उदितलाई जानकारी गराएको अनुसन्धानका क्रममा खुलेको प्रहरी नायव उपरीक्षक अवालेले बताए । 

“घटनापछि दुवै दाजु–भाइ भारतमा काम गर्न गएको खुलेको छ”, उनले भने । दुवैजना गत वर्ष कात्तिक ३० गते घर फर्किएका थिए । दाजुभाइले खाल्डोबाट शव निकाली बोरामा हालेर सहिदनगर–७ नेमुवाटोल नजिकै खोल्सामा फालेको खुलेको छ ।  

हत्याको लामो समयपछि आमा बेपत्ता भएको बारेमा छोरोले प्रहरीलाई खबर गरेको प्रवक्ता अवालेले बताए । अनुसन्धानका क्रममा रेखादेवीको हत्या भएको खुलेको उनले बताए । प्रवक्ता अवालेका अनुसार घटनास्थलबाट हत्यामा प्रयोग भएको बञ्चरो र कोदालो बरामद गरिएको छ । शवको टुक्रा पनि फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...