नेभिगेशन
सबै कुरा

भ्रष्टाचार आरोपबाट सफाइ पाएको तेस्रो दिनमै मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी

काठमाडाैँ । सरकारले अर्थ सचिवको जिम्मेवारीमा मधु कुमार मरासिनीलाई ल्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका सचिव कृष्णहरी पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दै अर्थको जिम्मेवारीमा मरासिनीलाई ल्याउने निर्णय गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अर्थ मन्त्रालयका जिम्मेवारी पाएका मरासिनी अर्थ मन्त्रालयकै क्याडर हुन् । मन्त्रालयको सहसचिव रहँदा पेमेन्ट गेटवे अनियमिततालाई सघाउने गरी बजेट विनियोजन गरेको भन्दै उनी विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि मरासिनी वाणिज्य सचिवको रुपमा रहेकै अवस्थामा  निलम्बनमा परेका थिए । 

Ncell
Extreme Energy

तर, वैशाख ७ गते विशेष अदालतले मरासिनी विरुद्ध अख्तियारको दाबी गलत भएको भन्दै सफाइ दिएको थियो । अदालतबाट भ्रष्टाचार मुद्दामा सफाइ पाइको तेस्रो दिनमै उनले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका हुन् । 

अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख हुँदा विनियोजन गरेको बजेटकै आधारमा उनीमाथि मुद्दा चलाइनु गलत भएको भन्दै अख्तियारको आलोचना समेत भएको थियो । अर्थ मन्त्रालय,अर्थतन्त्र नजिकबाट बुझेका र नेपालको विकास साझेदारहरूसँग निकट सम्बन्ध रहेका अधिकारीका रुपमा परिचित मरासिनीलाई लगानी सम्मेलन र बजेटको मुखैमा अर्थ सचिवको जिम्मेवारी दिइएको हो ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा शनिबार अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ ।