नेभिगेशन
सबै कुरा

भ्रष्टाचार आरोपबाट सफाइ पाएको तेस्रो दिनमै मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी

काठमाडाैँ । सरकारले अर्थ सचिवको जिम्मेवारीमा मधु कुमार मरासिनीलाई ल्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका सचिव कृष्णहरी पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दै अर्थको जिम्मेवारीमा मरासिनीलाई ल्याउने निर्णय गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अर्थ मन्त्रालयका जिम्मेवारी पाएका मरासिनी अर्थ मन्त्रालयकै क्याडर हुन् । मन्त्रालयको सहसचिव रहँदा पेमेन्ट गेटवे अनियमिततालाई सघाउने गरी बजेट विनियोजन गरेको भन्दै उनी विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि मरासिनी वाणिज्य सचिवको रुपमा रहेकै अवस्थामा  निलम्बनमा परेका थिए । 

Ncell
Extreme Energy

तर, वैशाख ७ गते विशेष अदालतले मरासिनी विरुद्ध अख्तियारको दाबी गलत भएको भन्दै सफाइ दिएको थियो । अदालतबाट भ्रष्टाचार मुद्दामा सफाइ पाइको तेस्रो दिनमै उनले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका हुन् । 

अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख हुँदा विनियोजन गरेको बजेटकै आधारमा उनीमाथि मुद्दा चलाइनु गलत भएको भन्दै अख्तियारको आलोचना समेत भएको थियो । अर्थ मन्त्रालय,अर्थतन्त्र नजिकबाट बुझेका र नेपालको विकास साझेदारहरूसँग निकट सम्बन्ध रहेका अधिकारीका रुपमा परिचित मरासिनीलाई लगानी सम्मेलन र बजेटको मुखैमा अर्थ सचिवको जिम्मेवारी दिइएको हो ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ ।
एमाले केन्द्रीय कमिटी आज पनि बस्दै, ओलीको कार्यशैलीको प्रतिवाद गर्न पोखरेललाई आग्रह

एमाले केन्द्रीय कमिटी आज पनि बस्दै, ओलीको कार्यशैलीको प्रतिवाद गर्न पोखरेललाई आग्रह

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक मंगलबार पनि बस्दैछ।
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री बालेन शाह आज न्युयोर्क जाँदै

प्रधानमन्त्री बालेन शाह आज न्युयोर्क जाँदै

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन मंगलबार न्युयोर्क जाँदैछन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।