नेभिगेशन
सबै कुरा

बैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिककाे मताधिकार सुनिश्चित गर्न सरकारलाई निर्देशन

काठमाडाैँ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकलाई मताधिकारको प्रयोग गर्ने अवसरको सुनिश्चितताका लागि पहल गर्न सरकारलाई निर्देशन दिएको छ । 

सिंहदरबारमा बिहिबार बसेको समिति बैठकले जनशक्तिको ठूलो हिस्सा मुलुक बाहिर रहदा आवधिक निर्वाचनमा मताधिकारबाट बञ्चित हुनुपरेको भन्दै मताधिकारको प्रयोग गर्ने अवसरको सुनिश्चितताका लागि आवश्यक पहल गर्न सरकारलाई निर्देशन दिएको हो ।

बैठकले बैदेशिक रोजगारीका क्रममा विश्वका बिभिन्न मुलुकहरुमा युद्ध तथा अन्य कारणले अलपत्र परेका नेपाली कामदारहरुको पहिचान गरि तत्काल उद्धारका लागि कार्यसञ्चालन गरि नेपाल फिर्ता ल्याउनका लागि पहल गर्न पनि सरकारलाई निर्देशन दिएको छ । बैठकले नेपालमा सञ्चालिक मेनपावर कम्पनीहरको नियमित अनुगमन तथा निरिक्षण गरि बैदेशीक रोजगारीका क्षेत्रमा हुने सवै प्रकारणका ठगि अन्त्य गर्न श्रममन्त्रालयलाई निर्देशन दिएको समिति सभापति अब्दुल खानले जानकारी दिए । त्यस्तै बैठकले श्रम मन्त्रालयका लागि चालू आर्थिक बर्षमा बिनियोजित बजेटको खर्चको अवस्था निराशाजनक रहेको भन्दै बजेट कार्यान्वयनमा रहेका व्यवधानहरुको तत्काल समाधान गरि बजेट कार्यान्वयनमा आवश्यक सुधार गर्न पनि मन्त्रालयलाई निर्देशन दिएको सभापति खानले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...