नेभिगेशन
सबै कुरा

बैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिककाे मताधिकार सुनिश्चित गर्न सरकारलाई निर्देशन

काठमाडाैँ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकलाई मताधिकारको प्रयोग गर्ने अवसरको सुनिश्चितताका लागि पहल गर्न सरकारलाई निर्देशन दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा बिहिबार बसेको समिति बैठकले जनशक्तिको ठूलो हिस्सा मुलुक बाहिर रहदा आवधिक निर्वाचनमा मताधिकारबाट बञ्चित हुनुपरेको भन्दै मताधिकारको प्रयोग गर्ने अवसरको सुनिश्चितताका लागि आवश्यक पहल गर्न सरकारलाई निर्देशन दिएको हो ।

Ncell
Extreme Energy

बैठकले बैदेशिक रोजगारीका क्रममा विश्वका बिभिन्न मुलुकहरुमा युद्ध तथा अन्य कारणले अलपत्र परेका नेपाली कामदारहरुको पहिचान गरि तत्काल उद्धारका लागि कार्यसञ्चालन गरि नेपाल फिर्ता ल्याउनका लागि पहल गर्न पनि सरकारलाई निर्देशन दिएको छ । बैठकले नेपालमा सञ्चालिक मेनपावर कम्पनीहरको नियमित अनुगमन तथा निरिक्षण गरि बैदेशीक रोजगारीका क्षेत्रमा हुने सवै प्रकारणका ठगि अन्त्य गर्न श्रममन्त्रालयलाई निर्देशन दिएको समिति सभापति अब्दुल खानले जानकारी दिए । त्यस्तै बैठकले श्रम मन्त्रालयका लागि चालू आर्थिक बर्षमा बिनियोजित बजेटको खर्चको अवस्था निराशाजनक रहेको भन्दै बजेट कार्यान्वयनमा रहेका व्यवधानहरुको तत्काल समाधान गरि बजेट कार्यान्वयनमा आवश्यक सुधार गर्न पनि मन्त्रालयलाई निर्देशन दिएको सभापति खानले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।