नेभिगेशन
सबै कुरा

श्रमिकका जिज्ञासा एवम् गुनासो सुन्न र समस्यालाई तत्काल सम्बोधन गर्न श्रमाधान कल सेन्टर कार्यविधि जारी, यसरी गर्नुहाेस् गुनासाे

काठमाडाैँ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान कल सेन्टर (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०८१ जारी गरेको छ । श्रम तथा रोजगारसँग सम्बन्धित सम्पूर्ण जिज्ञासा एंवम् गुनासो र समस्यालाई तत्काल सम्बोधन गर्ने गरी मन्त्रालयले सञ्चालनमा ल्याउन लागेको श्रमाधान कल सेन्टरको कामलाई प्रभावकारी बनाउन कार्यविधि जारी गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रालयले गत बैशाख १२ गते कार्यविधि स्वीकृति गरेको हो । यो कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको मितिबाट लागू हुने कार्यविधिमा उल्लेख गरिएको छ । कार्यविधि अनुसार श्रमाधान कल सेन्टर भन्नाले नेपालमा वा विदेशमा रहेका नेपाली श्रमिकहरुको समस्या, जिज्ञासा र सुझावलाई विभिन्न माध्यमबाट संकलन गरी सम्बनिधत निकायसम्म पुराएर समाधान गर्ने सुविधा हो । त्यस्तै, श्रमाधान भन्नाले मन्त्रालय र मातहतका निकायहसँग सम्बन्धित सम्पूर्ण सूचना र आउने गुनासो, जिज्ञासा र समस्याहरु एकद्धार प्रणालीबाट सम्बोधन गरी समाधान गर्ने पद्धति हो ।

Extreme Energy
citizen life

श्रमिकहरुले विद्युतीय माध्यम (ट्याब्लेट, टेलिफोन, मोबाइल, स्मार्ट टिभी, स्मार्ट वाच) लिखित, मौखिक, ध्वनि, श्रब्य, श्रब्यदृश्य आदि माध्यमको प्रयोग गरेर प्रत्यक्ष अप्रत्यक्ष र अन्य विद्युतीय माध्यमबाट श्रमाधानमा गुनासो, जिज्ञासा, समस्या र सुझाव सम्प्रेषण गर्न सक्नेछन् । सामाजिक सञ्जाल (फेसबुक, ह्वाट्स्एप, भाइबर, इमो, इन्स्टाग्राम, इमेल, एक्स, सिग्नल) बाट पनि गुनासो दर्ता गर्न सकिने जनाइएको छ ।

श्रमाधान कल सेन्टरमा प्राप्त भएका गुनासोलाई श्रम मन्त्रालय र अन्तर्गतका निकायहरुमा सिफारिश गरिने बताइएको छ । गुनासोको तत्काल सम्बोधन गर्नका लागि सम्बन्धित सबै निकायमा फोकल पर्सन पनि तोक्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । ‘दर्ता गराएको गुनासो वा समस्या समाधान नभएसम्म सम्बन्धित श्रमिकलाई कल सेन्टरका कर्मचारीले सबै जानकारी दिनुपर्नेछ । समस्या समाधान नभएसम्म फलोअप गर्नुपर्नेछ ।’, कार्यविधिमा उल्लेख गरिएको छ ।

त्यस्तै श्रमाधानमा परेका गुनासोको संवेदनशीलताको आधारमा गुनासोको वर्गीकरण गरिने बताइएको छ । ‘गुनासोलाई अति जरुरी, जरुरी, मध्यम, सामान्य, तामेली गरी गुनासोको वर्गीकरण गर्नुपर्ने छ । यसका साथै गुनासोको क्षेत्रका आधारमा पनि गुनासो वर्गीकरण गर्नुपर्नेछ । श्रम मन्त्रालय र मन्त्रालय अन्तर्गतका माहाशाखाहरु, वैदेशिक रोजगार विभागका र मातहतका कार्यालयहरु, वैदेशिक रोजगार बोर्डको सचिवालय, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र मातहतका कार्यालयहरु, राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान र सामाजिक सुरक्षा कोषसँग सम्बन्धित गुनासोलाई वर्गीकरण गर्नुपर्नेछ ।’, कार्यविधिमा भनिएको छ । 

त्यस्तै श्रमाधान कल सेन्टरको एकीकृत अभिलेखलाई विद्युतीय र दस्तावेज अभिलेख गरी दुई किसिमबाट व्यवस्थित गर्नुपर्नेछ । विद्युतीय अभिलेख श्रमाधान कल सेन्टरका अभिलेखको विद्युतीय रुप तयार गरी गुनासोहरु अभिलेखीकरण गरिने बताइएको छ  भने दस्तावेज अभिलेख श्रमाधान कल सेन्टरमा प्राप्त गुनासोहरुको दस्तावेज आवश्यकताका आधारमा दैनिक, साप्ताहिक, पाक्षिक, मासिक अर्धबार्षिक र बार्षिक रुपमा प्रिन्ट गरेर राख्नुपर्नेछ । 

मन्त्रालय र मातहतका नियकासँग सम्बन्धित सुझावहरुलाई छुट्टै अभिलेखीकरण गरी मन्त्रालयमा पठाउनु पर्ने कार्यविधिले उल्लेख गरेको छ।  मन्त्रालय र मातहतका निकायहरुले आफ्नो कार्यालयसँग सम्बनिधत गुनासोहरुको सुनुवाई गर्न पूर्णकालीन फोकल फर्सन नियुक्त गर्नुपर्ने, आफ्नो निकाय अन्तर्गतका कार्यालयहरुसँग सम्बन्धित साईट, लेटरप्याड एवं सरोकारवाला समक्ष पुग्ने सबै कागजागतमा श्रमाधान कल सेन्टरसँग  सम्बन्धित जानकारी अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने उल्लेख गरिएको छ । 

यसका साथै  श्रमाधान कल सेन्टर मार्फत सम्बोधन भएका गुनासोहरुको कि परफरमेन्स इन्डिकेटर बनाएर त्यसको आधारमा फोकल पर्सनहरुको कार्यसम्पादनको मूल्यांकन गर्न समन्वयन गर्नु र हरेक महिना प्राप्त गुनासो र त्यसको समाधानको प्रगतिको विवरण मन्त्रालय मातहतको वेब पेजबाट सार्वजनिक गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

कसरी गर्ने समस्या, गुनासो, जिज्ञास र सुझाव दर्ता ?

नेपालमा वा विदेशमा रहेका श्रमिकले श्रम र रोजगारसँग सम्बन्धित समस्या, गुनासो, सुझाव र जिज्ञासा भएमा श्रमाधान कल सेन्टर कक्षमा आफै उपस्थित भएर पनि दर्ता गराउन सक्नेछन् । 

त्यस्तै निम्न माध्यमबाट श्रमाधानको कार्यालयमा पत्राचार गरेर समेत आफ्नो कुरा राख्न सकिनेछ :

श्रमाधानको एपको प्रयोग गरेर । 

टोल फ्रि टेलिफोन नम्बर ११४१ वा १६६००१५०००५ मा सम्पर्क गरेर ।

९८०१८०००१३, ०१–५९७०००८ वा ९८५१३४७२२२ मा कल वा एसएमएस गरेर 

विभिन्न Voice Over Internet Protocol (VO IP) नम्बरमा सम्पर्क गरेर ।

इमेल ठेगना  [email protected] मा इमेल गरेर । 

श्रमाधान कल सेन्टरको आधिकारिक फेसबुक पेज facebook.com/shramadhan2  मा मेनसन, ह्यासटयाग र म्यासेज पठाएर ।

श्रमाधान कल सेन्टरको आधिकारी एक्स पेज  x.com/shramadhan2  मा मेनसन वा ह्यासटयाग र म्यासेज पठाएर ।

श्रमाधान कल सेन्टरको आधिकारिक युटयुब च्यानल   youtube.com/@shramadhan  मा कमेन्ट गरेर ।

श्रमाधान कल सेन्टरको आधिकारिक इन्स्टाग्राम  ID   Instragram.com/shramadhan2 मा मेनसन, ह्यसटयाग र म्यासेज पठाएर ।  

९८०१८०००१३, ९८०१३०००३३,  ९८५१३४७२२२ मा इमो, भाइबर, ह्वाट्स्ए, सिग्नल मार्फत म्यासेज पठाएर ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रेकर्ड यात्रा सकेर आर्टेमिस टोलीको घर फिर्ती

रेकर्ड यात्रा सकेर आर्टेमिस टोलीको घर फिर्ती

सान डिएगोको समुद्री क्षेत्रमा सफल अवतरणपछि उनीहरूलाई त्यहाँबाट उडाएर जोनसन स्पेस सेन्टर नजिकैको एलिङ्गटन फिल्डमा ल्याइएको थियो । अवतरणपछि सबैभन्दा पहिले परिवारसँग भावुक भेटघाट गरेका कमान्डर रिड वाइसम्यान,...
अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज

अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज

सन् २०११ अप्रिल ७ मा संयुक्त राष्ट्रसङ्घको महासभाले यससम्बन्धी प्रस्ताव पारित गरेर प्रत्येक वर्ष अप्रिल १२ लाई अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान  दिवसका रूपमा मनाउने निर्णय भएको हो ।
साबिककै मूल्यमा २८ दिनको ‘एनटिसी प्याकेज’ अब ३० दिन

साबिककै मूल्यमा २८ दिनको ‘एनटिसी प्याकेज’ अब ३० दिन

टेलिकमका अनुसार ‘कम्बो–२९९ प्याक’को समयावधि मङ्गलबार रातिदेखि बढाएर ३० दिनको बनाइएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले मङ्गलबार नेपाल टेलिकमसँग छलफल गर्नु भएपश्चात यो व्यवस्था...
चन्द्र परिक्रमा उडानमा ऐतिहासिक मोड

चन्द्र परिक्रमा उडानमा ऐतिहासिक मोड

आधा शताब्दीभन्दा बढीपछि मानवयुक्त चन्द्र परिक्रमा उडान पुनः सुरु भएको यो क्षणले वैज्ञानिक तथा ऐतिहासिक दुवै दृष्टिले विशेष अर्थ राखेको छ ।