नेभिगेशन
मुख्य समाचार

फेसबुक र वीच्याट दर्ता हुन आएको भन्ने खबर झुटो होः सञ्चार मन्त्रालय

काठमाडौँ । सञ्चार मन्त्रालयले फेसबुक र वीच्याट दर्ता हुन आएको भन्ने समाचारमा कुनै सत्यता नभएको जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले ति सूचनाहरुमा सत्यता नभएको सिधाकुरालाई बताए । 

‘मैले पनि फेसबुक र ह्वाट्सएपको माउ कम्पनी दर्ता हुन आएको भन्ने सुने त्यो सत्य समाचार होइन कसले हल्ला फैलायो,’ उनले सिधाकुरासँग भने । 

CG

शुुक्रबार साँझ सरकारले बन्द हुने सामाजिक सञ्जालको सूची सार्वजनिक गरे यता हाम्रो पात्रोले मात्रै प्रक्रिया सुरु गरेको उनले बताए । 

प्रवक्ता ठाकुरका अनुसार एक्स (पहिलेको टुवीटर) ले इमेलमा सूचीकरणको प्रक्रियाबारे सामान्य सोधपुछ मात्रै गरेको छ र अन्य कुनै पनि सनमाजिक सञ्जालले दर्ता प्रक्रियामा चासो देखाएका छैनन् । 

विभिन्न व्यक्तिको नाम लिएर सामाजिक सञ्जाल दर्ता हुन आएको भन्ने समाचार व्यक्तिगत र मन्त्रालयको आधिकारिक नभएको समेत प्रवक्ता ठाकुरले प्रस्ट्याए । सरकारले २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि उक्त निर्णयको चौतर्फी आलोचना भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
युएई सरकारद्वारा दुई सय ७६ नेपालीलाई आममाफी

युएई सरकारद्वारा दुई सय ७६ नेपालीलाई आममाफी

नेपाल सरकारले यस आममाफीलाई नेपाल र संयुक्त अरब इमिरेट्सबीच विद्यमान द्विपक्षीय सम्बन्धमा रहेको मैत्री, सद्भावना तथा सौहार्दताको प्रतीकका रूपमा लिँदै यूएई सरकारको यस मित्रवत् र मानवीय कदमको आइतबार...
महोत्तरी–२ का मतदाताका गुनासा– बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार

महोत्तरी–२ का मतदाताका गुनासा– बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार

“हाम्रो बस्ती नदीका कारण समस्यामा छ, बर्खामा नदीमा आउने बाढीका कारण बस्ती र खेत जोखिममा पर्दै आएको छ”, भङ्गाहा–६ हतिसर्वा मजराका ५५ वर्षीय सुरेश सर्दारले भन्नुभयो । नदी...
स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

स्वास्थ्य बिमा गरेका बिरामीहरू सामान्य समस्या पर्दा पनि अस्पताल आइपुग्नुहुन्छ, उनीहरूलाई सेवा दिनै पर्छ, तर मन्त्रालयले भुक्तानी दिन ढिलाइ गर्दा ती सेवाग्राहीलाई आवश्यक औषधि, सहायता सामग्रीलगायत ल्याबसम्बन्धी सेवा...
उम्मेदवारको पर्खाइमा छन् सीमावर्ती कचनकबलका मतदाता

उम्मेदवारको पर्खाइमा छन् सीमावर्ती कचनकबलका मतदाता

कचनकवल गाउँपालिका–५ का पूर्णकुमार गणेश भन्छन्, ‘समाचार र सामाजिक सञ्जालबाट चुनाव हुँदैछ भन्ने त थाहा छ, तर यहाँबाट को उम्मेदवार उठेका छन् भन्ने जानकारी छैन । पहिलेपहिले चुनाव...