नेभिगेशन
सबै कुरा

श्रमिकका समस्या समाधानका लागि श्रमाधान कल सेन्टर सञ्चालनमा, यसरी गर्नुहोस् गुनासो

काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान कल सेन्टर सञ्चालनमा ल्याएको छ । मन्त्रालयले श्रम तथा रोजगारसँग सम्बन्धित सम्पूर्ण जिज्ञासा एंवम् गुनासो सुन्न र समस्यालाई तत्काल सम्बोधन गर्नका लागि श्रमाधान कल सेन्टर सञ्चालनमा ल्याएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले बाध्यताले वैदेशिक रोजगारीमा जाने श्रमिकका समास्यालाई प्राथमिकता दिएर श्रमाधान कल सेन्टर  सञ्चालन ल्याएको बताएका छन् । ‘मन्त्रीका रुपमा मन्त्रालय प्रवेश गरेको करिब २ महिना भयो म र मेरो टिमको सम्पूर्ण इफोर्ट श्रमिकका लागि काम गर्नेमा नै  केन्द्रित छ । त्यसकै प्रतिफल हो श्रमाधान कल सेन्टर ।’

Ncell
Extreme Energy

आफूलाई पहिले कल सेन्टरले श्रमिकका सम्पूर्ण समस्या समाधान गर्न सहयोग गर्छ भन्ने लागेको तर त्यसले समस्या समाधान गर्न नसकेपछि आफूहरुले अर्को विकल्प निकालेको मन्त्री अर्यालले बताएका छन् । ‘श्रमाधान मन्त्रालयको यस्तो वृहत र व्यवहारिक योजना हो, जसले नागरिकको श्रम र रोजगारसम्बन्धी बहुआयामिक एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने योजना राखेको छ ।’, मन्त्री अर्यालले भने । 

यसअघि नागरिकले आफूले श्रमसँग अनेक समस्या लिएर विभिन्न निकाय धाउनुपर्ने बाध्यता रहेको र मन्त्रालयले श्रमाधानको संचालन गरेसँगै अब सम्पूर्ण श्रमिकले एकै स्थानबाट सम्पूर्ण समास्याका समाधान पाउने मन्त्रालयको दाबी छ । 

श्रमिकहरुले श्रमाधानमा गुनासो गर्नका लागि वैदेशिक रोजगार बोर्डमा रहेको कल सेन्टरमा पुगेर आफ्नो समस्या राख्न सक्छन् भने अन्य विभिन्न माध्यमबाट समेत गुनासो गर्नसक्ने मन्त्रालयले व्यवस्था गरेको छ । ‘नागरिकले विद्युतीय माध्यम (ट्याब्लेट, टेलिफोन, मोबाइल, स्मार्ट टिभी, स्मार्ट वाच) लिखित, मौखिक, ध्वनि, श्रब्य, श्रब्यदृश्य आदि माध्यमको प्रयोग गरेर श्रमाधानमा गुनासो, जिज्ञासा, समस्या र सुझाव सम्प्रेषण गर्न सक्नेछन् । सामाजिक सञ्जाल (फेसबुक, ह्वाट्स्एप, भाइबर, इमो, इन्स्टाग्राम, इमेल, एक्स, सिग्नल) बाट पनि गुनासो दर्ता गर्न सक्नेछन् ।’, मन्त्री अर्यालले जानकारी  गराए । 

श्रमाधान कल सेन्टरमा प्राप्त भएका गुनासोलाई श्रम मन्त्रालय र अन्तर्गतका निकायहरुमा सिफारिश गरिने र गुनासोको तत्काल सम्बोधन गर्नका लागि सम्बन्धित निकायमा तोकिएका फोकल पर्सनले जिम्मेवार भएर लाग्ने मन्त्रालयले जनाएको छ । त्यस्तै समस्या टिपाएदेखि नै समस्याका बारेमा कल सेन्टरकै कर्मचारीले त्यसबारे प्रगति विवरण निरन्तररुपमा श्रमिकलाई जानकारी गराइने मन्त्रालयले जनाएको छ । 

कसरी गर्ने गुनासो ?

वैदेशिक रोजगार बोर्डमा रहेको श्रमाधान कल सेन्टरमा प्रत्यक्ष पुगेर

अन्य विद्युतिय माध्यमबाट :

टोल फ्रि टेलिफोन नम्बर ११४१ वा १६६००१५०००५ मा सम्पर्क गरेर ।

९८०१८०००१३, ०१–५९७०००८ वा ९८५१३४७२२२ मा कल वा एसएमएस गरेर 

विभिन्न Voice Over Internet Protocol (VOIP) नम्बरमा सम्पर्क गरेर ।

इमेल ठेगना [email protected] मा इमेल गरेर । 

श्रमाधान कल सेन्टरको आधिकारिक फेसबुक पेजमा मेनसन, ह्यासटयाग र म्यासेज पठाएर ।

श्रमाधान कल सेन्टरको आधिकारी एक्स पेज  x.com/shramadhan2 मा मेनसन वा ह्यासटयाग र म्यासेज पठाएर ।

श्रमाधान कल सेन्टरको आधिकारिक युटयुब च्यानलमा कमेन्ट गरेर ।

श्रमाधान कल सेन्टरको आधिकारिक इन्स्टाग्राममा मेनसन, ह्यसटयाग र म्यासेज पठाएर ।  

९८०१८०००१३, ९८०१३०००३३,  ९८५१३४७२२२ मा इमो, भाइबर, ह्वाट्स्ए, सिग्नल मार्फत म्यासेज पठाएर ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपाली क्रिकेट अब खेलरोमा, खेल हेर्नेसँगै अनुमान र प्रतिस्पर्धाको अवसर

नेपाली क्रिकेट अब खेलरोमा, खेल हेर्नेसँगै अनुमान र प्रतिस्पर्धाको अवसर

खेलरोको सुरुवाती फोकस अन्तर्राष्ट्रिय फुटबलमा रहेको थियो। खेलका विभिन्न नतिजाको अनुमान गर्न, अंक प्राप्त गर्न र अन्य प्रयोगकर्तासँग प्रतिस्पर्धा गर्न सकिने सुविधा विस्तार गर्दै आएको प्लेटफर्मले अब नेपाली...
नेपा एपले ल्यायो पिरियड ट्र्याकिङदेखि अडियो नोट रिमाइन्डरसम्म १० भन्दा बढी उपयोगी टुल्स

नेपा एपले ल्यायो पिरियड ट्र्याकिङदेखि अडियो नोट रिमाइन्डरसम्म १० भन्दा बढी उपयोगी टुल्स

विशेषगरी महिलाहरूका लागि उपयोगी हुने Period Tracker मार्फत महिनावारीको चक्र तथा सम्बन्धित मितिहरू ट्र्याक गर्न सकिनेछ। साथै, महिनावारी हुन सक्ने सम्भावित दिनको जानकारी रिमाइन्डरमार्फत प्राप्त गर्न सकिनेछ। Unit...
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज

एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज

योजना अनुसार आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्सका प्रथम २०० जना खरिदकर्ताले माथि यी सुविधा तीन महिनासम्म निःशुल्क पाउने छन्। त्यसैगरी आइफोन डुओका पहिलो १०० जना...
नयाँ प्रणालीबाट लाइसेन्स छाप्न सुरू

नयाँ प्रणालीबाट लाइसेन्स छाप्न सुरू

पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छापेर वितरणका लागि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइएको छ।

भर्खरै