नेभिगेशन
सबै कुरा

बयानका लागि सर्वोच्चमा सिधाकुराका प्रकाशक र सम्पादक

काठमाडौँ । सिधाकुराका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना बयानका लागि सर्वोच्च अदालत पुगेका छन् । अदालतको अवहेलनमा मुद्दामा सर्वोच्चले आदेश दिएबमोजिम उनीहरु बयानका लाागि सर्वोच्च पुगेका हुन्  । बिहिबार बिहान उनीहरु दुवैजना सर्वोच्चमा पुगका छन् ।

सर्वोच्च अदालतले सिधाकुरा डटकम र यसको आधिकारीक यूट्युव तथा फेसबुक पेजबाट मिति २०८१ वैशाख १४ गते शुक्रबार बिहान ६ बजेर २ मिनेटमा प्रकाशन र प्रसारण भएका ‘द डार्क फाइल’ श्रृङ्खलाका सामग्रीले अदालतको अवहेलना भएको भन्दै प्रतिवेदन उठाएको थियो । त्सयसपछि सर्वोच्च अदालतले गत सोमबार उक्त निवेदन फाैजदारी दायरीमा दर्ता गराउन, अदालतकाे अवहेलनामा किन कारवाही गर्नु नपर्ने हाे, आधार कारण भए सवुद प्रमाणसहित अदालतमा उपस्थित हुन,  सिधाकुरामा प्रकाशन र प्रसारण गरेका सामग्री २४ घण्टाभित्र हटाउन, सो विषयसँग सम्बन्धित थप सामाग्री प्रकाशन र प्रसारण नगर्न नगराउन आदेश भएकाे थियाे । त्यस्तै सिधाकुराले श्रब्य दृश्यमा उठाएकाे विषयवष्तुकाे प्राविधिक अध्ययन गरी १५ दिनभित्र महान्यायाधिवक्ताकाे कार्यालयमार्फत अदालतमा पेश गर्नु भनी प्रहरी महानिरिक्षकलाई लेखि पठाउने आदेश भएकाे थियाे । 

Global Ime Bank

सर्वोच्चका न्यायधिशद्वय डा नहकुल सुवेदी र टेकप्रसाद  ढुंगानाको इजलासले दिएको आदेश बमोजिमको ‘द डार्क फाइल’का सबै सामग्री हटाएर प्रकाशक र सम्पादक बयानका लागि सर्वोच्च पुगेका हुन् ।




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीले उपल्लो मुस्ताङमा चार पुल बगायो २ पुलमा क्षति

बाढीले उपल्लो मुस्ताङमा चार पुल बगायो २ पुलमा क्षति

बाढीले लोमान्थाङ-४ स्थित चुम्जुङ खोलामा एक पुल र लोमान्थाङ-२ साम्जुङस्थित निर्माणाधिन अर्को एक गरी दुई वटा पक्की मोटरेबल पुलमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले सूचना संम्प्रेषण गरेको...
गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । महाशाखाका अनुसार वाग्मती, गण्डकी र लुम्बिनीलगायत अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना...
प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची

आज सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा...
उपल्लो मुस्ताङमा बाढी, तटीय क्षेत्रका बासीन्दालाई सुरक्षित रहन आग्रह

उपल्लो मुस्ताङमा बाढी, तटीय क्षेत्रका बासीन्दालाई सुरक्षित रहन आग्रह

“यहाँको चुमजुङ गाउँमाथिको उच्चलेकबाट निकै ठूलो लेदोसहितको भीषण बाढी आइरहेको छ, यसले ठूलो क्षति निम्त्याउन सक्ने जोखिम बढेको छ”, अध्यक्ष गुरुङले भने, “हामी अहिले बाढीलाई नजिकबाट नियालिरहेका छौँ,...