नेभिगेशन
सबै कुरा

बयानका लागि सर्वोच्चमा सिधाकुराका प्रकाशक र सम्पादक

काठमाडौँ । सिधाकुराका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना बयानका लागि सर्वोच्च अदालत पुगेका छन् । अदालतको अवहेलनमा मुद्दामा सर्वोच्चले आदेश दिएबमोजिम उनीहरु बयानका लाागि सर्वोच्च पुगेका हुन्  । बिहिबार बिहान उनीहरु दुवैजना सर्वोच्चमा पुगका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सर्वोच्च अदालतले सिधाकुरा डटकम र यसको आधिकारीक यूट्युव तथा फेसबुक पेजबाट मिति २०८१ वैशाख १४ गते शुक्रबार बिहान ६ बजेर २ मिनेटमा प्रकाशन र प्रसारण भएका ‘द डार्क फाइल’ श्रृङ्खलाका सामग्रीले अदालतको अवहेलना भएको भन्दै प्रतिवेदन उठाएको थियो । त्सयसपछि सर्वोच्च अदालतले गत सोमबार उक्त निवेदन फाैजदारी दायरीमा दर्ता गराउन, अदालतकाे अवहेलनामा किन कारवाही गर्नु नपर्ने हाे, आधार कारण भए सवुद प्रमाणसहित अदालतमा उपस्थित हुन,  सिधाकुरामा प्रकाशन र प्रसारण गरेका सामग्री २४ घण्टाभित्र हटाउन, सो विषयसँग सम्बन्धित थप सामाग्री प्रकाशन र प्रसारण नगर्न नगराउन आदेश भएकाे थियाे । त्यस्तै सिधाकुराले श्रब्य दृश्यमा उठाएकाे विषयवष्तुकाे प्राविधिक अध्ययन गरी १५ दिनभित्र महान्यायाधिवक्ताकाे कार्यालयमार्फत अदालतमा पेश गर्नु भनी प्रहरी महानिरिक्षकलाई लेखि पठाउने आदेश भएकाे थियाे । 

Ncell
Extreme Energy

सर्वोच्चका न्यायधिशद्वय डा नहकुल सुवेदी र टेकप्रसाद  ढुंगानाको इजलासले दिएको आदेश बमोजिमको ‘द डार्क फाइल’का सबै सामग्री हटाएर प्रकाशक र सम्पादक बयानका लागि सर्वोच्च पुगेका हुन् ।




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको भन्दै अहिले राजनीतिक विभाजन र दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने समय भएको बताएका छन्।
११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

बाढीले घर मात्रै बगाउँदैन रहेछ । कहिलेकाहीँ घरसँगै मान्छेको आशा र जिजीविषा पनि सँगै बगाएर लैजाँदो रहेछ ।