नेभिगेशन
सबै कुरा

देशभर चार सय ३६ स्थानमा डढेलो

काठमाडाैँ । देशभर वन डढेलोको अवस्था बिकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज  ५३ जिल्लाका चार सय ३६ स्थानमा वन डढेलो लागिरहेको छ । 

प्राधिकरणका डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म पानी नपर्ने र हावा चलेका कारण डढेलो फैलिरहेको बताए । “आज पनि देशभर डढेलोको अवस्था बिराल बनेको छ । नेपालको भौगोलिक बिकटताका कारण नियन्त्रणमा थप समस्या उत्पन्न भइरहेको छ,” उनले भने, “पानी परेको छैन तर हावा हुरीका कारण डढेलो फैलिरहेको छ ।”

Global Ime Bank

उनका अनुसार कैलाली, डोटी, सल्यान, दैलेख, पाल्पालगायतका जिल्ला डढेलोका कारण बढी प्रभावित बनेका छन् । उनका अनुसार नेपालमा साधरणतया वर्षमा दुई हजार पाँच सयको हाराहारीमा डढेलाको घटनाहरु हुन्छन् । 

“असी प्रतिशत वन डढेलाको घटनाहरु फागुनको मध्यदेखि जेठको मध्यसम्म ४ महिनामा हुने गर्छन्  । चैत र वैशाखमा मात्रै ६० प्रतिशत डढेलोको घटनाहरु हुने गर्छन्  । यसकारण अहिले हामी उच्च जोखिममको समयमा छौँ”, शर्माले भने । मध्य फागुनदेखि जेठको मध्यसम्म डढेलाको घटनाहरु हुने भएकाले यो समयमा सतर्क भएर बस्नुपर्ने अवस्था भएको उनले भने ।

प्राधिकरणका अनुसार बुधबार ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार र चिकित्सक सङ्घबीच सहमति, आन्दोलन स्थगित

सरकार र चिकित्सक सङ्घबीच सहमति, आन्दोलन स्थगित

उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै  सङ्घको नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले हिजो र आज आकस्मिकबाहेकका सम्पूर्ण सेवा बहिष्कार गरेर सेवा नै ठप्प पारेका...
रसुवा बाढी : ९ जनाको शव फेला, १९ अझै  बेपत्ता

रसुवा बाढी : ९ जनाको शव फेला, १९ अझै  बेपत्ता

प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार अझै १९ जना बेपत्ता रहेका छन् । उक्त बाढीमा परेर रसुवाबाट हराइरहेका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलोस्थित...
मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?

मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?

कृषि मन्त्रालयका अनुसार वर्ष २०८१ मा ५९ लाख ५५ हजार चार सय ७६ मेट्रिकटन धान उत्पादन भएको छ । जुन २०८० सालको तुलनामा चार दशमलव ०४ प्रतिशतले बढी...
गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ

गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ

भारतको विहार राज्यअन्तर्गत किशनगञ्ज जिल्ला निवासी ३५ वर्षीय मनिसुर आलम र झापा कचनकवल गाउँपालिका–५ का ५५ वर्षीय नसरुद्दिन मियाँलाई पक्राउ गरिएको उनले जानकारी दिए ।