नेभिगेशन
सबै कुरा

जापान पठाइदिने भन्दै २ सय १९ जनालाई ठगि गर्ने दुई जना पक्राउ

काठमाडाैँ । वैदेशिक अध्ययन तथा रोजगारीको लागि विशेष गरी जापान पठाइदिने भन्दै २ सय १९ जनालाई ठगि गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै जापान पठाइदिने भन्दै ठगि गर्ने रामेछाप घर भएका नारायण बहादुर राई भन्ने राजन श्रेष्ठ र झापा घर भएका पर्वराज पाण्डे भन्ने ईश्वरी पाण्डेलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

City Express

नियोनी एजुकेसन प्रा.लि बाट जापान जानको लागि अवसर रहेको विज्ञापनका आधारमा सम्पर्कमा पुगेका युवाहरुलाई उनीहरुले खातामा पैसा हाल्न लगाएका थिए । जापानमा रहेको कलेजमा शुल्क बुझाउनको लागि लाग्ने रकम नारायण बहादुर राईको नाममा रहेको सानिमा बैंकको खातामा र पर्वराज भन्ने ईश्वरी पाण्डेको कामना विकाश बैंकको खातामा रकम पठाउन लगाई ठगी गरेको खुलेको प्रहरीले जनाएको छ । उक्त घटनामा उजुरी परेपछि अनुसन्धान गर्दै जाँदा नारायण बहादुर राईको नागरिकता दुरुपयोग गरी राजन श्रेष्ठले र पर्वराज पाण्डेको नागरिकता दुरुपयोग गरी ईश्वरी पाण्डेले विदेशमा जान चाहने युवायुवतीहरुलाई ठगी गरेको देखिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए  ।

अनुसन्धानका क्रममा दिप बहादुर तामाङ मार्फत् १३ जनाबाट ३७ लाख रकम लिएको देखिएको, सुनिल कुमार नेपाली मार्फत २० जनाबाट ३२ लाख  रकम लिएको देखिएको प्रहरीले जनाएको छ । वैदेशिक रोजगार विभागमा अन्य करिब १०० जनाबाट २ करोड ६८ लाख ठगी गरेको उजुरी परेको बुझिएको प्रहरीले जनाएको छ । त्यस्तै वास्तविक नारायण बहादुर राई लाई सम्पर्कमा ल्याई बुझ्दा निजको नागरिकता १५÷१६ वर्ष अगाडी हराएको र विगत ३ वर्ष देखि पठाओ चलाई जिबिका चलाउने सामान्य व्यक्ति रहेको र निजले हाल सम्म कुनै कम्पनी वा कन्सल्टेन्सी  दर्ता नगरेको  खुल्न आएको पनि प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भर्खरै