नेभिगेशन
सबै कुरा

जापान पठाइदिने भन्दै २ सय १९ जनालाई ठगि गर्ने दुई जना पक्राउ

काठमाडाैँ । वैदेशिक अध्ययन तथा रोजगारीको लागि विशेष गरी जापान पठाइदिने भन्दै २ सय १९ जनालाई ठगि गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै जापान पठाइदिने भन्दै ठगि गर्ने रामेछाप घर भएका नारायण बहादुर राई भन्ने राजन श्रेष्ठ र झापा घर भएका पर्वराज पाण्डे भन्ने ईश्वरी पाण्डेलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

Extreme Energy
citizen life

नियोनी एजुकेसन प्रा.लि बाट जापान जानको लागि अवसर रहेको विज्ञापनका आधारमा सम्पर्कमा पुगेका युवाहरुलाई उनीहरुले खातामा पैसा हाल्न लगाएका थिए । जापानमा रहेको कलेजमा शुल्क बुझाउनको लागि लाग्ने रकम नारायण बहादुर राईको नाममा रहेको सानिमा बैंकको खातामा र पर्वराज भन्ने ईश्वरी पाण्डेको कामना विकाश बैंकको खातामा रकम पठाउन लगाई ठगी गरेको खुलेको प्रहरीले जनाएको छ । उक्त घटनामा उजुरी परेपछि अनुसन्धान गर्दै जाँदा नारायण बहादुर राईको नागरिकता दुरुपयोग गरी राजन श्रेष्ठले र पर्वराज पाण्डेको नागरिकता दुरुपयोग गरी ईश्वरी पाण्डेले विदेशमा जान चाहने युवायुवतीहरुलाई ठगी गरेको देखिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए  ।

अनुसन्धानका क्रममा दिप बहादुर तामाङ मार्फत् १३ जनाबाट ३७ लाख रकम लिएको देखिएको, सुनिल कुमार नेपाली मार्फत २० जनाबाट ३२ लाख  रकम लिएको देखिएको प्रहरीले जनाएको छ । वैदेशिक रोजगार विभागमा अन्य करिब १०० जनाबाट २ करोड ६८ लाख ठगी गरेको उजुरी परेको बुझिएको प्रहरीले जनाएको छ । त्यस्तै वास्तविक नारायण बहादुर राई लाई सम्पर्कमा ल्याई बुझ्दा निजको नागरिकता १५÷१६ वर्ष अगाडी हराएको र विगत ३ वर्ष देखि पठाओ चलाई जिबिका चलाउने सामान्य व्यक्ति रहेको र निजले हाल सम्म कुनै कम्पनी वा कन्सल्टेन्सी  दर्ता नगरेको  खुल्न आएको पनि प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उदयपुरमा २७ केजी गाँजासहित एक जना पक्राउ

उदयपुरमा २७ केजी गाँजासहित एक जना पक्राउ

अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले बिहान करिब ११ः४० बजे सवारी साधन चेकजाँच गर्ने क्रममा अटोमा ल्याइँदै गरेको अवस्थामा २७ किलो गाँजा बरामद गरेको हो। प्रहरीले उक्त...
दीपक भट्ट र सुलभ अग्रवाल थप ७ दिन हिरासतमा

दीपक भट्ट र सुलभ अग्रवाल थप ७ दिन हिरासतमा

आज विपक्षी दीपक भट्ट र सुलभ अग्रवालका तर्फबाट बरिष्ठ अधिवक्ताहरु कृष्ण प्रसाद सापकोटा, सविता भण्डारी बराल, लभ कुमार मैनाली, सुरेन्द्र कुमार महतो तथा अधिवक्ताहरु रमण कुमार श्रेष्ठ, समिर...
विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ

विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ

पक्राउ पर्नेमा रौतहट बौधीमाई नगरपालिका–७ का २५ वर्षीय मिथिलेश कुशवाहा, भोजपुर नगरपालिका–७ का ४४ वर्षीय केदारबहादुर भण्डारी, सप्तरी सुरूङगा नगरपालिका–५ का ५३ वर्षीय रामतुला मियाँ र  भक्तपुर सूर्यविनायक...
सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

दुई दिनअघि कारागारका चौकीदार प्रेम चौधरीलाई केही कैदीको समूहले जबर्जस्ती बाहिर निकाल्दै आन्तरिक व्यवस्थापन आफ्नो हातमा लिने प्रयास गरेपछि तनाव सुरु भएको थियो । कारागारभित्रै गुटबन्दी गरी अशान्ति...